दक्षिण 24 परगनाको पाथरप्रतिमामा भयानक सड़क दुर्घटना, तीनजनाले गुमाए ज्यान
दक्षिण 24 परगनाको पाथरप्रतिमामा भयानक सड़क दुर्घटना, तीनजनाले गुमाए ज्यान


दक्षिण 24 परगना, 28 जून (हि.स.)। पश्चिम बंगालको दक्षिण 24 परगना जिल्लको पाथरप्रतिमा क्षेत्रमा शनिवार भोर बिहान एक भयानक सड़क दुर्घटना भयो जसमा तीनजना युवकहरूको मृत्यु भयो भने एकजना गम्भीर रूपमा घाइते भए। पुलिस सूत्र अनुसार मृतकहरूको पहिचान सुब्रत मण्डल (24), दीपंकर मण्डल (19) औ मोस्ताकिन (32)- को रूपमा भएको छ। गम्भीर रूपमा घाइते युवकको नाम सञ्जय मण्डल (19) हो जसलाई प्राथमिक उपचारपछि डायमण्ड हार्बर मेडिकल कलेज अस्पतालमा स्थानान्तरित गरिएको छ।

यी सबै युवकहरू उत्तर 24 परगनाको बसिरहाट थाना अन्तर्गत राघवपुर क्षेत्र निवासी थिए। यिनीहरू पाथरप्रतिमामा ठेकादारको यहाँ गहिरो नलकुपमा काम गर्न गएका थिए। शुक्रवार राती काम सकिएपछि यिनीहरू रथ मेला हेर्नको लागि मोटरसाइकलमा सवार भएर हिँड़ेका थिए। फर्किने क्रममा यो दुर्घटना भएको हो।

शनिवार बिहानदेखिकै पाथरप्रतिमामा भारी वर्षा भइरहेको थियो। यसै अवधि रामगंगा ग्राम पञ्चायतको अर्जुन मोड़ क्षेत्रमा उनीहरूको बाइक चिप्लिएर नियन्त्रण गुमायो अनि सड़क किनारमा बनिएको नालीमा झऱ्यो। बाइकमा सवार चारैजना युवकहरू उछिटिएर नालीमा झरे। दुर्घटनाको आवाज सुनेर वरिपरीका ।

मानिसहरू घटनास्थलमा पुगे। तीनजना युवकहरूलाई मृत भेटियो भने सञ्जय मण्डललाई गम्भीर अवस्थामा गदामथुरा प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहाँबाट उसलाई डायमण्ड हार्बर रेफर गरिएको छ। पुलिसले मामिला दर्ता गरेको छ साथै दुर्घटनाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande