भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति


गान्तोक, 28 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको त्यस परिपत्रप्रति कडा आपत्ति जनाएको छ जसले 70 वर्ष र सोभन्दा माथिका वृद्धवृद्धा एवं बीपीएल श्रेणीका एएवाई कार्डधारक परिवारहरूका लागि पीएमजेएवाई आयुष्मान भारत योजना अन्तर्गत सामान्य औषधि खर्च प्रति दिन 1600 रूपियॉंमा सीमित गरिएको छ। प्रदेश भाजपाले यो सीमा पीएमजेएवाई दिशानिर्देशहरूमा तोकिएको छैन र यस योजना अन्तर्गत प्रत्येक वर्ष 5 लाखसम्मको कभरेज प्रदान गर्दछ भनी बताएको छ।

भाजपा सिक्किम मिडिया प्रभारी निरेन भण्डारीद्वारा आज जारी एक विज्ञप्ति अनुसार, बिरामीहरूबाट दैनिक सीमा 1600 भन्दा बढी औषधिको लागि शुल्क लिइँदैछ, जसले विपन्न व्यक्तिहरूमाथि ठूलो बोझ पार्न सक्छ। बिरामीहरूबाट गुनासो प्राप्त भएपछि भाजपा नाम्ची टोलीले जिल्ला अस्पताल नाम्चीको भ्रमण गर्‍यो र डीसीएमओलाई भेट्यो। टोलीले पीएमजेएवाईका बिरामीहरूलाई उल्लेखित सीमामा सीमित गरिएको र योजना अन्तर्गत त्यस्तो कुनै प्रतिबन्ध नभए पनि थप खर्च भुक्तान गर्न बाध्य पारिएको विज्ञप्तिमा उल्लेख छ।

भाजपा सिक्किमले राज्यमा पीएमजेएवाई योजनाको उचित कार्यान्वयन सुनिश्चित गर्न केन्द्र सरकारलाई विस्तृत प्रतिवेदन पठाउनको लागि तयार पारिएको जनाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande