ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद
ई पेन्शन र ई पीएफको लागि हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिद्वारा धन्यवाद


सोनादा, 28 जून (हि.स.)। जीटीएको शिक्षा विभागले शिक्षक र शिक्षिकाहरुका लागि ई पेन्शन र ई पीएफको व्यवस्था शुरु गरिदिएकोमा हिल तराई प्राथमिक शिक्षक संगठन सोनादा क्षेत्र समितिले धन्यवाद प्रकट गरेको छ। संगठनको केन्द्रिय सह सचिव किरण बरदेवा, संगठनको सोनादा क्षेत्र समितिका सभापति ललित मुखिया, उप सभापति पेमा लामा, महासचिव राजीव त्रिखत्री लगायत अन्य पदाधिकारीहरूले ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिएकोमा‌ जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानप्रति आभार प्रकट गरेका छन्।

पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई प्राथमिक शिक्षक संगठनको केन्द्रिय सह सचिव किरण बरदेवाले भने, पेन्शन र पीएफको लागि पूर्व शिक्षक शिक्षिकाहरुले धेरै दुःख भोग्नु परिरहेको थियो, तर जीटीए प्रमुख अनित थापा र प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानले शिक्षक शिक्षिकाहरुको‌ सुविधाको लागि ई पेन्शन र ई पीएफको सुविधा शुरु गरिदिएकाले धेरै सुविधा भएको बताए। उनले प्राथमिक शिक्षा विभागको बोर्ड चेयरम्यान तिलकचनन्द्र रोका, शिक्षा विभागको कार्यकारी निर्देशक, सम्पूर्ण एसआईहरु, बडाबाबु, सम्पूर्ण कर्मचारीहरु साथै संगठनका सम्पूर्ण पदाधिकारीहरुप्रति आभार प्रकट गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande