मन्त्री पीयूष हजारिकाले योजनाहरूको समीक्षा गरे
मन्त्री पीयूष हजारिकाले योजनाहरूको समीक्षा गरे


शोणितपुर, 28 जून (हि.स.)। असम सरकारका जल संसाधन, सूचना र जनसम्पर्क मन्त्री तथा शोणितपुर जिल्लाका प्रभारी मन्त्री पीयूष हजारिकाले शनिवार जिल्लाको दौड़ाह गरे। उनले शोणितपुर जिल्ला आय़ुक्त कार्यालयको सभागारमा आय़ोजित एक समीक्षा बैठकको अध्यक्षता पनि गरे। बैठकमा उनले मुख्यमन्त्री आत्मनिर्भर असम अभियान 2.0, अरुणोदय 3.0 र मुख्यमन्त्री महिला उद्यमिता अभियान जस्ता जनकल्याणकारी योजनाहरूको प्रगतिको अधिकारीहरूबाट विस्तृत जानकारी लिए।

बैठकमा विधायक पृथ्वीराज राभा, गणेश कुमार लिम्बू र कृष्णकमल तांती पनि उपस्थित रहे। मन्त्रीले अधिकारीहरूलाई मुख्यमनत्री डा. हिमन्त बिस्व सरमाको नेतृत्वमा शुरू गरिएका यी योजनाहरूको सय प्रतिशत प्रभावी क्रियान्वयन सुनिश्चित गरिने र योग्य लाभार्थीहरूसम्म योजनाहरूको लाभ बिना कुनै बाधाको पुऱ्याउने निर्देश दिए।

बैठकपछि जल संसाधन मन्त्रीले तेजपुर विधानसभा क्षेत्र अन्तर्गत द-परबतियाको बोराचुबुरी क्षेत्रको दौड़ाह गरे, जहाँ ब्रह्मपुत्र नदीको एक धारले व्यापक बाढ़ी र कटावको स्थिति उत्पन्न गरेको छ। मन्त्रीले स्थानीय मानिसहरूसित कुराकानी गरी स्थितिको जानकारी लिए औं विभागीय अभियन्ताहरूलाई छिटोभन्दा छिटो कटाउ रोक्नका लागि उचित उपायहरू गरिने र नदीको धारलाई नियन्त्रित गर्ने निर्देश दिए।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande