सीआरपीएफ क्याम्पमाथि ग्रेनेड हमलाको मुख्य आरोपी पक्राउ
सीआरपीएफ क्याम्पमाथि ग्रेनेड हमलाको मुख्य आरोपी पक्राउ


गोलाघाट, 28 जून (हि.स.)। पानबाड़ी स्थित केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) को क्याम्पमाथि हालमा ग्रेनेड हमलाको मुख्य आरोपी अंकुर दासलाई पुलिसले देरगाउँबाट पक्राउ गरेको छ। पुलिसले शनिवार भनेको छ, बोकाखात पुलिस र जिल्ला प्रशासनको संयुक्त कारबाहीमा यो अहम गिरफ्तारी भएको हो।

वस्तुतः 24 जूनमा भएको यस धमाकामा असम पुलिसका तीन जवान सिद्धार्थ बरबोरा, सुशील भूमिज र मिन्टू हजारिका गम्भीर रूपमा घाइते भएका थिए। उनीहरूलाई तुरन्तै बोकाखात सिविल अस्पतालमा भर्ती गराइएको थियो।

शुरूआती जाँचमा पुलिसलाई स्थानीय शिकारी र नशा तस्करहरूको भूमिकाको आशंका थियो तर मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाद्वारा उल्फा (स्वा.) जस्ता प्रतिबन्धित संगठनसित सम्भावित लिंकतिर इशारा गरिएपछि जाँचले नयाँ मोड़ लियो।

राज्यका पुलिस महानिदेशक (डीजीपी) ले भने, मामिलाको हरेक एंगलबाट जाँच भइरहेको छ। यद्यपि, उनले यसको पुष्टि गरेनन् कि ग्रेनेड वाहनको माध्यमले फ्याकिएको थियो कि थिएन। उनले अंकुर दास र रूपज्योति दासको संलिप्ततामाथि पनि सन्देह जाहेर गरे।

-

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande