एचएसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई असम सरकारले प्रतिमहिना 3 सय रुपियाँ दिने
एचएसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई असम सरकारले प्रतिमहिना 3 सय रुपियाँ दिने


गुवाहाटी, 28 जून (हि.स.)। असम सरकारले हाई स्कूल लीभिंग सर्टिफिकेट (एचएसएलसी) परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको लागि एक विशेष सहायता योजनाको घोषणा गरेको छ। राज्य सरकारले परीक्षापूर्व विद्यार्थीहरूलाई ट्यूशन अनि पोषणसित सम्बन्धित आवश्यकताहरूको लागि आगामी 6 महिनासम्ममा 3 सय रुपियाँ प्रतिमहिना प्रदान गर्नेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार यस आशयको जानकारी दिए।

मुख्यमन्त्रीले भने, असम सरकार राज्यका तमाम विद्यार्थीहरूको साथमा छ। एचएसएलसी परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रोत्साहित गर्नको लागि सरकारको पक्षबाट यो निर्णय लिइएको छ ताकि उनीहरूले आर्थिक संकटको सामना नगरी परीक्षाको तयारी गर्न सकुन्।

मुख्यमन्त्रीले आशा व्यक्त गरे, यो पहल विशेष रूपमा ती विद्यार्थीहरूको लागि लाभकारी सिद्ध हुनेछ जो आर्थिक रूपमा कमजोर परिवारका छन्। यो योजना विद्यार्थीहरूलाई उनीहरूको पढ़ाईमा अतिरिक्त आर्थिक सहयोग दिने अनि पोषण सुधार्ने दिशामा एक सकारात्मक कदम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande