गेजिङ, 28 जून (हि.स.)। राज्य भवन तथा आवास एवं श्रम विभाग मन्त्री भीमहाङ लिम्बूले आज गेजिङ जिल्ला अन्तर्गत नम्बू जेएचएसको नवनिर्मित विद्यालय भवन उद्घाटन गरे। सामाजिक न्याय एवं कल्याण योजना अन्तर्गत निर्माण गरिएको उक्त दुई तले भवनमा कूल चार कोठा छन्।
विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री लिम्बूले विद्यालयको समग्र विकासमा सामूहिक प्रयासले योगदान पुर्याउने सबै व्यक्ति र अधिकारीहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्वमा राज्य सरकारको लागि शिक्षा सर्वोच्च प्राथमिकता रहेको कुरा दोहोर्याए।
मन्त्रीले सरकारी विद्यालयहरूमा विद्यार्थीको भर्ना घट्दै गएकोमा चिन्ता व्यक्त गरे भने मानिसहरूलाई आफ्ना छोराछोरी यी संस्थानहरूमा भर्ना गर्ने विचार गर्न आग्रह गरे, जहाँ सबै आवश्यक सुविधा र सहयोग प्रदान गरिन्छ। उनले आगामी दिनहरूमा विद्यालयको सबै आवश्यक पूर्वाधारहरू पूरा गर्ने आश्वासन पनि दिए।
उनले याङथाङ निर्वाचन क्षेत्रका प्रस्तावित धेरै विकास परियोजनाहरूको बारेमा जानकारी गराए। उनले राज्य सरकारको विकास र दृष्टिकोणको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न रचनात्मक मानसिकताका साथ एकताबद्ध हुन सबैलाई आह्वान पनि गरे।
हिन्दुस्थान समाचार / बिशाल