- अब मैला उठाउन प्रत्येक घरबाट 30 रुपियाँ संकलन गरिने
तीनधारे, 29 जून (हि.स.)। तीनधारेको भानु ग्राम क्षेत्रमा थुप्रो लागेका मैलाहरु आज घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सरसफाई गरिएको छ। केही दिनअघि पानी झरीको कारणले गर्दा माथिल्लो गाउँबाट मैलाहरु बगाएर तल्तिर ल्याएको थियो। यस विषयमा स्थानीय दिपक प्रधानले मिडियामा बयान दिएपछि आज घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधानको अगुवाईमा मैला सर सफाई गरिएको छ।
घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधानले पञ्चायतको तर्फबाट गाउँ घर सरसफाई चलिरहेको, तर यसरी गाउँ घरकै मानिसहरुले मैला जथाभावी फ्याँकेको करणले मैलाहरु बगाएर अर्काको घरतिर ल्याएको बताइन्। उनले पञ्चायतको तर्फबाट मेलाहरु उठाउन परिवेश बन्धुहरुको टिम तयार भइरहेको र अब प्रत्येक घरबाट मैला उठाउने कार्य गरिने बताइन्।
उनले अब मैला उठाउन प्रत्येक घरबाट 30 रुपियाँ गरेर संकलन गरिने बताउँदै पैसा नदिनेलाई पञ्चायतबाट कुनै सहुलियत प्रदान नगरिने घोषणा नै गरेकी छन्। उनले सबैलाई गाउँ घर सफा राख्नुपर्ने बताउँदै गाउँ घरमा जथाभावी मैला फ्याँक्नु नहुने आह्वान गरेकी छन्।
हिन्दुस्थान समाचार / हनोक