रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोक्सोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न
रंगबुलमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोकसोमाथि सचेतनामूलक कार्यक्रम सम्पन्न


सोनादा, 28 जून (हि.स.)। अजम्बरी संघ सार्वजनिक भवन गुराँसडाँडा 460 पूल रंगबुलमा दार्जिलिङ पुलिस, जोरबंगलो थाना अनि दार्जिलिङ लिगल सर्भिस अथोरिटीको तत्वावधानमा ड्रग्स सेवन, ड्रग्स बेच बिखन र पोक्सोमाथि आज एक सचेतनामूलक कार्यक्रम सम्पन्न गरियो।

जोरबंगलो थाना प्रभारी निरज राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डीएसपी टाउन उज्ज्वल सरकार, सीआई सदर पार्थव सारथी चन्दा, एसआई निरज सुन्दास, ट्राफिक एसआई दिपेन्द्र भुजेल, एसआई बिनयकुमार तामाङ, डिस्ट्रिक लिगल सर्भिस अथोरिटीका प्रतिनिधिहरू उपस्थित थिए।

उक्त कार्यक्रममा 11 वटा समाजका सभापति सचिवहरू, रंगबुल फुटबल एकेडमी, युनाइटेड रंगबुल फुटबल क्लब, रंगबुल ग्राम पञ्चायत सदस्यहरू, हाम्रो प्यारो रंगबुल सोसियल मिडियाका प्रतिनिधिहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमलाई शिक्षक सेरेप छिरीङ लेप्चाले सञ्चालन गरेका थिए भनी सुवास ठकुरीले जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande