नयाँ दिल्ली, 29 जून (हि.स.)। बाहिरी उत्तरी जिेल्लाको नरेला क्षेत्रमा एकजना युवकको शव भेटियो। पुलिसलाई आइतवार बिहान लगभग 7:30 बजे सूचना प्राप्त भयोए नरेला भवन फ्लाइओभर नजिक जंगलमा एकजना अज्ञात व्यक्तिको शव भेटिएको छ। त्यसपछि नरेला थानाको पुलिस घटनास्थलमा पुग्यो जहाँ भारत माता स्कूल पछाड़ि रोडदेखि लगभग दश मीटरभित्र झाड़ीमा एकजना युवकको आधा जलेको शव थियो।
पुलिस अनुसार मृतकको उमेर 20-25 वर्षको जस्तै देखिन्छ। प्राथमिक जाँच अवधि घटनास्थलदेखि लगभग 150 किलोमीटर अगाड़ि एउटा रोयल इन्फिल्ड मोटरसाइकल भुइँमा लड़ेको भेटियो। पुलिसले तत्काल क्राइम र फोरेन्सिक टीमलाई घटनास्थलमा बोलाएर जाँच गरायो। केही घण्टापछि शवको पहिचान स्वतन्त्र नगर नरेला निवासी कपिल दहिया उपनाम कार्तिकको रूपमा भयो। परिवारलाई सूचित गरिएको छ।
शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसको भनाइ छ, यो मामिला हत्याको हुनसक्छ जसमा प्रमाणहरूलाई मेटाउनको लागि शवलाई जलाउने चेष्टा गरिएको छ। घटनास्थलको स्थिति अनि मोटरसाइकलको दूरत्वलाई हेर्दा यो मामिला संदिग्ध नै देखिँदैछ।
पुलिसले मामिलामा हत्याको धारा अन्तर्गत मुद्दा दर्ता गरी जाँच शुरू गरेको छ। हाल पुलिसले वरपरको सीसीटीभी क्यामराको फुटेज जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा