नयाँ दिल्ली, 29 जून (हि.स.)। दिल्लीका क्याबिनेट मन्त्री कपिल मिश्राले आज त्यागराज स्टेडियममा किसानहरूसँग बसेर प्रधानमन्त्री नरेन्द्र मोदीको मासिक रेडियो कार्यक्रम 'मन की बात'-लाई सुने। यो जानकारी उनले एक्समा साझा गरे।
उनले पोस्टमा बताए, प्रधानमन्त्रीले चिरञ्जीवी योग परम्परा, आपतकालको चेताउनी तथा रूख रोप्ने संकल्प जस्ता भिन्न-भिन्न विषयहरूमा राष्ट्रसित सम्वाद गरे। प्रधानमन्त्रीका सुन्दर विचारहरूलाई सुन्न, गुन्न र जीवनमा लागू गर्न यही संकल्प सम्पूर्ण राष्ट्रको हो ताकि जीवनले हरेक अर्थमा विस्तार पाउन सकोस्। यस अतिरिक्त उनले बताए, दिल्ली पर्यटन विभागद्वारा आयोजित तीन दिवसीय आँप महोत्सवको उद्घाटन शुक्रवार मुख्यमन्त्री रेखा गुप्ताले गरेकी थिइन्।
यसअघि आज कपिल मिश्राले आफ्नो विधानसभा क्षेत्र करावल नगरका जनतासित भेट गरी उनीहरूको समस्या सुने। उनले हरेक व्यक्तिको कुरालाई गम्भीर रूपमा सुनेर तुरून्त समाधान गर्नको लागि सम्बन्धित अधिकारीहरूलाई निर्देश दिए। उनले भने, करावल नगरको हरेक परिवार, हरेक टोलको सुख-दुःख मेरो आफ्नो हो, यसै आफ्नोपनको भावलाई बोकेर म सदैव उनीहरूको साथमा रहनेछु।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा