सिलगढ़ी, 29 जून (हि. स.)। बैकुण्ठपुर वन विभाग अन्तर्गत आमबाड़ी रेञ्जको एन्टी इलेक्ट्रोक्यूशन सेलद्वारा आइतवार आमबाड़ीको तारघेरास्थित विश्व बंगला भवनमा जागरूकता शिविरको आयोजन गरियो। शिविरमा आमबाड़ी, डाबग्राम, बेलाकोवा, सालुगढ़ा रेञ्ज अन्तर्गत वन सुरक्षा कमिटीका सदस्य एवं स्थानीय ग्रामीणहरू सामेल भए।
वास्तवमा बैकुण्ठपुर डिभीजनका विभिन्न क्षेत्रहरूमा केही हात्तीहरू सहित अन्य वन्य प्राणीहरूको करेन्ट लागेर मृत्यु भइरहेको छ। यी वन्यजीवहरूको मृत्युको प्रमुख कारण ग्रामीणहरूद्वारा अवैध रूपमा लगाइएको तारको फेन्सिंग हो। त्यसैले यस शिविरको माध्यमबाट वन्यजीवहरूको सुरक्षाको निम्ति बिजुली कनेक्शनको सम्बन्धमा ग्रामीणहरूमा जागरूकता फैलाइयो।
शिविरमा राजगञ्जका विधायक खगेश्वर राय, बैकुण्ठपुर डिभीजनका एडीएफओ राजीव लामा, आमबाड़ी रेञ्जका रेञ्जर पुकुर तामाङ, बेलाकोवा बिजुली विभागीय अधिकारी, भोरेर आलो पुलिस औ वन विभागीय अन्य अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा