आगोमा जलेर एउटै परिवारका तीन जना सदस्यको मृत्यु, गृहणी गम्भीर रूपमा घाइते
आगोमा जलेर एउटै परिवारका तीन जना सदस्यको मृत्यु, गृहणी गम्भीर रूपमा घाइते


आसनसोल, 29 जून (हि. स.)। आसनसोल दक्षिण थाना अन्तर्गत वैशाली पार्कमा गए शनिवार अबेर राति एउटा घरमा आगो लागेको कारण एउटै परिवारका तीन जना सदस्यहरूको जलेर मृत्यु भयो भने गृहणी गम्भीर रूपमा घाइते भइन् जसलाई अस्पतालमा भर्ती गरिएको छ। आगलागीको कारण अहिलेसम्म पत्तो लाग्न सकेको छैन। घटनास्थलमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको साथै घरलाई सिल गरिएको छ। फोरेन्सिक टीम पनि घटनास्थलमा पुग्न तत्पर भएको छ।

जानकारी अनुसार दुईतले घरमा चार जना मानिसहरू क्रमैले बाबलू सिंह (गृहस्वामी), उनकी पत्नी शिल्पी च्याटर्जी, शिल्पीका पिता केबल चन्द औं आमा गायत्री चन्द बस्थे। यो परिवार मूल रूपले झारखण्डको निरसा निवासी थिए। बाबलू सिंहको एक मात्र छोरा अर्को राज्यमा पढ़ाईको सिलसिलामा होस्टेलमा बस्दै आएको छ।

गए शनिवार अबेर राति अचानक घरमुनिबाट अचानक धुँवा निक्लिरहेको देखियो। सुरक्षा गार्डले यो देखेर स्थानीय मानिसहरूलाई सूचना दिए। छर-छिमेकका मानिसहरूले तुरून्त घटनास्थलमा पुगेर आगोलाई निभाउने प्रयास गरे। दमकल विभागलाई सूचना दिइएपछि दमकलको एउटा इञ्जीन घटनास्थलमा आइपुग्यो अनि युद्धस्तरमा आगो निभाउने कार्यमा जुट्यो। तर त्यसबेलासम्ममा ढिलो भइसकेको थियो। घरमा उपस्थित सबै मानिसहरू जलिसकेका थिए। तुरून्त सबैलाई अस्पतालमा लगियो जहाँ बाबलू सिंह र तिनका ससुरा केबल चन्द अनि सासु गायत्री चन्दलाई मृत घोषित गरियो। पत्नी शिल्पा च्यटार्जी गम्भीर रूपमा जलेकी छन् जसको उपचार अस्पतालमा भइरहेको छ।

प्रारम्भिक जाँचमा आशंका व्यक्त गरिँदैछ, आगो शर्ट सर्किट वा एयर कण्डीशनरबाट लागेको हुनसक्छ। फोरेन्सिक टीमले चाँड़ै घटनास्थलको निरीक्षण गर्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande