अवैध सिगरेटको गोदामबाट 94 हजार प्याकेट सिगरेट सहित दुई तस्कर पक्राउ
अवैध सिगरेटको गोदामबाट 94 हजार प्याकेट सिगरेट सहित दुई तस्कर पक्राउ


नयाँ दिल्ली, 29 जून (हि.स.)। दक्षिण-पश्चिम जिल्लाको अपरेशन्स सेल टीमले एउटा ठूलो अभियानलाई परिणाम दिँदै वसन्त कुञ्जको नंगल देवत क्षेत्रमा अवस्थित एउटा अवैध सिगरेट गोदामको भण्डाफोर गरेको छ। पुलिसले उक्त गोदामबाट वैधानिक चेताउनी र एमारपी बिनाको 94 हजार प्याकेट विदेशी सिगरेटलाई जफ्त गरेको छ। यस मामिलामा पुलिसले दुईजना आरोपीहरूलाई पनि पक्राउ गरेको छ जसको पहिचान वसन्त कुञ्ज निवासी परिक्षित (22)औ कर्णाटक निवासी पी.पी. चेंगप्पा (40)-को रूपमा भएको छ।

दक्षिण-पश्चिम जिल्लाका डीसीपी अमित गोयल अनुसार जिल्ला पुलिसद्वारा तम्बाकू उत्पादहरूको अवैध व्यापार विरोधी विशेष अभियान संचालन गरिँदैछ। अपरेशन्स सेलको टीमलाई सूचना प्राप्त भयो कि नंगल देवत क्षेत्रस्थित एउटा घरको बेसमेन्टमा विदेशी सिगरेटहरूको अवैध स्टक जमा गरिएको छ जसलाई दिल्ली-एनसीआर अनि दक्षिण भारतमा आपूर्ति गर्नुछ।

पुलिस टीमले तत्काल कारबाही गर्दै छापामारी अभियान संचालन गऱ्यो अनि उपरोक्त दुवै आरोपीहरूलाई पक्राउ गऱ्यो। खोजी कार्यमा प्रचुर मात्रामा विदेशी सिगरेट जफ्त गरियो जसमा एलएंडबी ओरिजिनल सिल्भर – 13 कार्टन (13,000 प्याकेट), किंग साइज मेफेयर 5 कार्टन (5,000 प्याकेट), रिचमण्ड किंग साइज रियल ब्लू – 50 कार्टन (50,000प्याकेट) र रिचमण्ड किंग साइज – 26 कार्टन (26,000 प्याकेट) सामेल छन्।

डीसीपी अनुसार जाँचमा पत्तो लागेको छ, वसन्त कुञ्जमा बस्ने आरोपी परिक्षितका पिताले एयरपोर्टमा एक्सपोर्ट-इम्पोर्टको काम गर्दछन्। परिक्षितले पहिला आफ्ना पिताबाट काम सिके, त्यसपछि स्वतन्त्र रूपमा कारबा गर्न शुरू गरे। बेंगलुरु निवासी सुनिल नामक व्यक्तिको माध्यमबाट उसको भेट पी.पी. चेंगप्पासित भयो जसले गोदामलाई भाड़ामा दिने काम गर्छ। पी.पी. चेंगप्पाले आफ्नो साथी सुनिलको लागि काम गर्छ जसको बेंगलुरुमा “वर्ल्ड वाइड कार्गो सर्भिसेज” नामक कुरियर कम्पनी छ। उसले दिल्लीमा सिगरेट आपूर्तिको कामको हेर्थ्यो साथै अन्य राज्यहरूमा सामान पठाउँथ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande