पटना, 29 जून (हि.स.)। बिहारको जमुई जिल्ला अधिनस्थ लछुआड़ थाना क्षेत्रस्थित कोड़ासी गाउँमा वारण्टीलाई पक्राउ गर्न गएको पुलिसमाथि गए शनिवार राती ग्रामीणहरूले हमला गरे।
पुलिसले दुईजना मानिसहरूलाई हिरासतमा लिएका थिए जसले गर्दा आक्रोशित भीड़ले चोर-चोर-को नारा लगाउँदै पुलिस टीममाथि ढुङ्गामुड़ा गरे। यस हिंसक हमलामा केही पुलिसकर्मीहरू भाग्यले बचे। तर पुलिस वाहनको भने शिशा फुटेर पूर्ण रूपले क्षतिग्रस्त भएको छ।
पुलिसमाथि हमलाको यो सिलसिला आइतवार बिहानसम्म पनि जारी रह्यो। सयकड़ौं संख्यामा महिला-पुरूष, बाल-बालिकाहरूले लछुआड़ थानाको घेराउ गरे। हिरासतमा लिइएको नरेश कोड़ा (जसमाथि मदिरा अधिनियम अन्तर्गत मामिला दर्ता छ) अनि लालकुमारलाई मुक्त गराउने मागलाई लिएर ग्रामीणहरूले थानालाई चारैतिरबाट घेरे। यतिमात्र नभएर ग्रामीणहरूले उल्टै पुलिस प्रशासनमाथि चोरी अनि महिलाहरूसित अश्लील व्यवहार जस्तो गम्भीर आरोप लगाए। ग्रामीण अहिलेसम्म थानामा डटिरहेका छन् जसले गर्दा स्थिति तनाउपूर्ण भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा