दार्जिलिङ, 29 जून (हि.स.)। दार्जिलिङ रोटरी क्लबको 69औं स्थापना दिवस समारोह सम्पन्न भयो। यस कार्यक्रममा विवेक छेत्रीले समीर सिंघलबाट अध्यक्षको जिम्मेवारी ग्रहण गरे। समिर सिंघलको कार्यकालमा क्लबले 50 भन्दा बढी समुदायमुखी परियोजनाहरू सञ्चालन गरेको बताइएको छ।
ती परियोजनाहरूमा ग्रामीण विद्यालयहरूको पूर्वाधार सुधार, शहरको सौन्दर्यकरण, वरिष्ठ नागरिक तथा आर्थिक रूपमा कमजोर वर्गप्रति चासो र समाजमा देखा पर्ने स्वास्थ्यसम्बन्धी समस्याहरुको समाधान समावेश रहेका थिए। जिम्मेवारी हस्तान्तरणको केही घण्टा अघि समीरले सिडर भ्यालीस्थित बन्द चिया बगानको समाजलाई आठवटा स्ट्रेचर वितरण गरेका थिए। यसका साथै समीर र उनको परिवारले टर्नबुल हाई स्कूल, दार्जिलिङमा हात धुने बेसिन स्थापना गरेका थिए।
नयाँ अध्यक्ष विवेक छेत्रीले निरन्तरतामा जोड दिँदै क्लबले युवाहरूको सशक्तिकरणलाई प्राथमिकता दिने बताएका छन्। उनले सार्वजनिक भाषणकला र वित्तीय व्यवस्थापनजस्ता जीवन सीपहरूमा जोड दिनुपर्ने आवश्यकतामाथि जोड दिए। दार्जिलिङ रोटरी क्लबले आगामी 1 देखि 3 अगस्तसम्म हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युटमा अन्तरराष्ट्रिय रोटरी युथ लिडरशीप अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ।
हिन्दुस्थान समाचार / हनोक