चण्डीगढ़, 29 जून (हि.स.)। पञ्जाबको सत्तारूढ़ आम आदमी पार्टी (आआप) ले ठूलो कारबाही गर्दै अमृतसर उत्तरी विधानसभा सीटबाट विधायक कुंवर विजय प्रताप सिंहलाई पाँच वर्षको निम्ति पार्टीबाट निलम्बित गरेको छ। कुंवर विजय प्रताप सिंह पञ्जाब क्याडरको पूर्व आईपीएस अधिकारी हुन् र उनी आफ्नो सरकारको कार्य प्रणालीसित असन्तुष्ट थिए। बिक्रमजीत सिंह मजीठियाको गिरफ्तारीपछि कुंवर प्रतापको बयानहरूले पार्टी उनीसित रूष्ट थियो।
अमृतसर उत्तरी विधानसभा सीटबाट विधायक कुंवर विजय प्रताप सिंह पञ्जाब क्याडरका आईपीएस अधिकारी रहिसकेका छन्। उनलाई आप सुप्रीमो अरविन्द केजरीवालले आआपमा सामेल गरेका थिए। उनी प़ञ्जाबमा विभिन्न पदहरूमा रहेर धेरै ठूला मामिलाको पर्दाफास गर्नलाई लिएर चर्चामा रहे भने अर्कोतिर वर्ष 2022 मा भएको चुनाउ अगाड़ी उनले आआप जोइन गरे। आआपले उनलाई अमृतसर उत्तरी सीटबाट उम्मेदवार बनाएको थियो र उनी जितेका थिए।
कुंवर विजय प्रताप सिंह बरगाड़ी गोली काण्डमा दिइएको आफ्नो रिपोर्टमा सरकारको तर्फबाट कुनै कारबाही नगरिनुलाई लिएर रूष्ट थिए। उनले विधानसभाभित्र र बाहिर धेरै पल्ट वर्तमान सरकारको कार्यप्रणालीमाथि प्रश्न खड़ा गरिसकेका थिए।
हालमा उनले विजिलेन्स ब्यूरोद्वारा अकाली नेता विक्रमजीत सिंह मजीठियालाई पक्राउ गरिएपछि मजीठियाको पक्षमा बयान दिएका थिए। जसपछि पार्टी हाईकमान उनीसित रूष्ट थियो। मजीठियाको गिरफ्तारीपछि उनले सोशल मडियामा लेखेका थिए, वर्ष 2022 मा जब बिक्रमजीत मजीठिया जेलमा थिए तब सरकारले न त उनीसित कुनै सोधपुछ गऱ्यो न त कुनै चालान पेश गरियो र पछि उनले जमानत पाए।
उनले मजीठियाको गिरफ्तारीमा भनेका थिए, उनी मजीठियासित पहिलेपनि असहमत थिए र अघि पनि असहमत रहनेछन् तर परिवारको इज्जत सबैलाई प्यारो हन्छ। चाहे त्यो नेता होस् या अभिनेता, अमीर वा गरीब, साथी होस् वा विरोधी। विजिलेन्सले रेड गर्नु गलत हो र पूर्व सरकारहरू सरह वर्तमान सरकारले पनि विजिलेन्सको दुरूपयोग गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी