शिमला, 29 जून (हि.स.)। हिमाचल प्रदेशमा मनसूनले यस पाली जूनमै विकराल रूप धारण गरेको छ। प्रायः जुलाई-अगस्तमा ताण्डव मचाउने मनसूनले यसपाली 20 जूनमा प्रवेशका साथै उत्पात मचाउन थालेको छ। गत 8 दिनमा राज्यभरिमा वर्षा जनित घटनाहरूमा 34 जनाको मृत्यु भइसकेको छ जबकि 74 भन्दा अधिक मानिसहरू घाइते भएका छन्। अहिलेपनि 4 जना बेपत्ता बनेका छन्। भारी वर्षाले राज्यमा सरकारी र निजी सम्पत्तिलाई 71 करोड़ रूपियाँभन्दा अधिकको नोकसान भएको छ।
राज्य आपातकालीन परिचालन केन्द्रबाट प्राप्त जानकारी अनुसार, 20 जूनदेखि 28 जूनबीच भएका घटनाहरूमा सबैभन्दा अधिक 17 जनाको मृत्यु सड़क दुर्घटनाहरूमा भएको छ। यस बाहेक फ्ल्याश फ्लडमा 7, पानीको तीव्र धारमा बग्दा 4, पहाड़बाट चिप्लेर लड्दा 2, बिजुलीको करेन्ट लागेर 2, साँपले ठुंगेर 1 र अन्य कारणहरूले 1 व्यक्तिको ज्यान गएको छ। एक्लो कांगड़ा जिल्लामा फ्ल्याश फ्लडले 6 जनाको ज्यान गएको छ।
यस अवधि 38 गाईवस्तुको मृत्यु, 6 घर पूर्ण रूपमा ध्वस्त र 17 घर आंशिक रूपले क्षतिग्रस्त भएको सूचना छ। यसमा सबैभन्दा अधिक नोकसान कुल्लू जिल्लामा भएको छ, जहाँ 10 घर प्रभावित भयो। यस बाहेक 7 दोकान, 9 पशुशाला र एक मिल पनि पूर्ण रूपमा ध्वस्त भएको छ।
प्राकृतिक आपदाले सरकारी विभागहरूलाई पनि भारी नोकसान झेल्नुपरेको छ। प्रारम्भिक अनुमान अनुसार, जलशक्ति विभागलाई 38.56 करोड़ र लोक निर्माण विभागलाई 30.76 करोड़ रूपियाँको नोकसान भएको छ। यी आकंड़ाहरू अनुसार, राज्यलाई अहिलेसम्म कूल 71.19 करोड़ रूपियाँभन्दा अधिकको सम्पत्तिको नोकसान भएको छ।
यसबीच प्रदेशमा वर्षाको क्रम रोकिने नाम लिइरहेको छैन। मौसम विभागले राज्यमा आगामी 5 जुलाईसम्म भारी वर्षाको पूर्वानुमान जारी गरेको छ। विशेष रूपमा 29 र 30 जूनमा अरेन्ज अलर्ट जारी गरिएको छ। विभागले चेताउनी दिएको छ कि लाहौल-स्पीति र किन्नौरलाई छोड़ेर प्रदेशका अन्य 10 जिल्लामा आगामी 24 घण्टामा फ्ल्याश फल्डको आशंका छ। प्रशासनले मानिसहरूसित नदी-नाला र पहाड़ी क्षेत्रहरूदेखि टाढ़ा रहने र कुनैपनि आपात स्थितिमा तुरन्तै प्रशासनसित सम्पर्क गर्ने अपील गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी