डेञ्जोङ शेर्पा एसोसिएशनको नयॉं कार्यकारी समिति गठन
डेञ्जोङ शेर्पा एसोसिएशनको नयॉं कार्यकारी समिति गठन


गान्तोक, 29 जून (हि.स.)। डेञ्जोङ शेर्पा एसोसिएशनको नयॉं कार्यकारी समिति गठन गरिएको छ। राजधानीमा आज सुङदेर शेर्पाको अध्यक्षतामा बसेको एक बैठकमा एसोसिएशनको नयॉं कार्यकारी समिति गठन गरिएको जानकारी महासचिव सोनाम ग्याछो शेर्पाले प्रेस विज्ञप्तिमा दिएका छन्।

बैठकमा एसोसिएशनको पॉंच जिल्लाका समन्वयकहरू लगायत सल्लाहकारहरूको उपस्थितिमा व्यापक छलफलपछि अस्थायी अध्यक्ष साङ्गे शेर्पालाई नै सर्वसम्मतिद्वारा तीन वर्षको लागि स्थायी अध्यक्ष नियुक्त गरियो। यसका साथै बैठकले प्रमुख कार्यकारी पदहरूमा पनि पदाधिकारीहरू निर्विरोध नियुक्त गरेको बताइएको छ।

विज्ञप्ति अनुसार, मिङ्गमा नर्बु शेर्पा प्रमुख संरक्षक, तोपग्याल छिरिङ शेर्पा संरक्षक, सोनाम ग्याछो शेर्पा महासचिव, टाशी शेर्पा सह सचिव, पेमा वाङचुक शेर्पा उपाध्यक्ष र फुर्बा शेर्पा कोषाध्यक्ष पदमा नियुक्त भएका छन्। यो नवगठित कार्यकारी समितिले निकट भविष्यमा समुदायको संलग्नतालाई सुदृढ पार्न र संघको लक्ष्यलाई अगाडि बढाउन सिक्किमभरि समन्वय बैठकहरू आयोजना गर्ने विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande