नयाँ दिल्ली, 29 जून (हि.स.)। आईजीआई एयरपोर्ट थाना पुलिसले नक्कली पुलिस भएर बाइक लुट्ने तीनजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले आरोपीहरूबाट लुटेको हिरो स्प्लेण्डर बाइक र घटनामा प्रयोग गरिएको बजाज एन्टाइसर बाइकलाई जफ्त गरेको छ।
पुलिस मुताविक घटना गत 26 जूनको साँझ 7:10 बजे भएको हो जतिबेला पीड़ित अमरपाल सिहं जो जीएमआरमा सिक्योरिटी गार्डको रूपमा कार्यरत छन्,-ले आफ्नो हिरो स्प्लेण्डर बाइकबाट ड्यूटीमा एरोसिटी गरिरहेका थिए। महिपालपुर अण्डरपास नजिक पुगेपछि तिनलाई तीनजना युवकहरूले रोकेर आफूलाई पुलिसकर्मी बताए। यिनीहरूले द्रूत गतिमा बाइक हाँकेको आरोप लगाएर बाइकको चाबी खोसे।
अमरपालले पुलिसको पहिचान पत्र देखाउन लाउँदा आरोपीहरूले तिनलाई गाली गर्दै कुटपिट गरे। त्यसपछि एकजना युवक बाइक लिएर भाग्यो भने अन्य दुईजना युवक अर्को बाइकमा भागे। पुलिसले पीड़ितको बयानको आधारमा मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो।
पुलिस अधिकारी अनुसार मामिलालाई गम्भीर रूपमा लिएर तीनवटा टीमहरू गठन गरियो। यी टीमहरूले 250-300 वटा सीसीटीभी क्यामराको फुटेज जाँच गरे जसमा लुटेराहरूको बाइकको नम्बर देखियो जुन शकरपुर निवासी सिद्धार्थको नाममा रजिस्टर्ड थियो। जाँचबुझमा सिद्धार्थले बताए, तिनले एक वर्षपूर्व आफ्नो परिचित गरवित शर्मालाई आफ्नो बाइक दिएका थिए। सिद्धार्थसित पीड़ितको पहिचान पनि गराइयो।
पुलिसले तकनिकी सर्भिलान्स र लोकल इन्टेलिजेन्सको माध्यमबाट गरवित शर्मा उपनाम सनी (25)-लाई समात्यो। जाँचबुझमा उसले आफ्ना साथी प्रशान्त र अनिकेतसित मिलेर यस घटनालाई परिणाम दिएको स्वीकार गऱ्यो। पक्रा पर्ने तीनै आरोपीको पहिचान पालम निवासी गरवित शर्मा उपनाम सनी (25), प्रशान्त कुमार (22)और अनिकेत सिंह (23)-को रूपमा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा