नि:शुल्क सामूहिक मोतियाबिन्दु शल्यक्रिया ​सफलतापूर्वक सम्पन्न
नि:शुल्क सामूहिक मोतियाबिन्दु शल्यक्रिया ​सफलतापूर्वक सम्पन्न


गान्तोक, 29 जून (हि.स.)। महिला, बालबालिका, वरिष्ठ नागरिक एवं दिव्याङ्गजन कल्याण विभाग, गान्तोक जिल्लाले विशेषज्ञ चिकित्सकहरूको समन्वयमा आज सिलगढीको ग्रेटर लायन्स क्लब हस्पिटलमा नि:शुल्क सामूहिक मोतियाबिन्दु शल्यक्रिया ​सफलतापूर्वक सम्पन्न गऱ्यो। यस अघि 16 जून, 2025 का दिन राजधानीको पाल्जोर स्टेडियममा नि:शुल्क मोतियाबिन्दु जॉंच शिविर आयोजना गरिएको बताइएको छ।

यो पहल अटल वयो अभियुदय योजना अन्तर्गत कमजोर र सीमान्तकृत समूहहरूका लागि पहुँचयोग्य आँखा स्वास्थ्य सेवाहरू प्रवर्द्धन गर्ने विभागको बृहत् प्रतिबद्धताको एक भाग रहेको बताइएको छ। लाभार्थीहरूका लागि मोतियाबिन्दु शल्यक्रिया लगायत बस्ने र खानाको व्यवस्था पनि नि:शुल्क गरिएको थियो। गान्तोक जिल्लामा यो सफल पाइलट कार्यक्रम अब आगामी दिनहरूमा अन्य जिल्लाहरूमा कार्यान्वयन गरिने बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande