वाराणसी, 29 जून (हि.स.)। भारतले आफ्नो प्राचीन सांस्कृतिक धरोहरहरूको संरक्षण र प्रचार-प्रसारको दिशामा एक ऐतिहासिक पाइला चाल्न गइऱहेको छ। काशीको पवित्र भूमिमा देशको पहिलो 'शास्त्र संग्रहालय एवं अनुसन्धान केन्द्र' को शुभारम्भ भएको छ, जसको उद्देश्य वेदहरू, उपनिषदहरू, पुराणहरू र अन्य प्राचीन ग्रन्थहरूको डिजिटलीकरण गरी भावी पीढ़ीसम्म ज्ञानको यो अनमोल भण्डार पुऱ्याउनु हो। यस केन्द्रको स्थापनालाई भारतलाई ‘ज्ञान आधारित विश्वगुरु’ बनाउने दिशामा एक सशक्त कदम मानिन्दैछ। यही विषयमाथि महाराष्ट्र सरकारका उप मुख्यमन्त्री एकनाथ शिन्देसित बहुभाषी संवाद समिति 'हिन्दुस्थान समाचार' ले विशेष बातचित गरेको छ।
प्रस्तुत छ प्रमुख अंशः'शास्त्र संग्रहालय एवं अनुसन्धान केन्द्र' जस्तो पहलको भूमिका र आवश्यकतामाथि कुरा राख्दै एकनाथ शिन्देले भने, एक्काइसौं शताब्दीमा भारतलाई ज्ञानको आधारमा विश्वगुरू बनाउने जुन सपना छ, त्यसको मूल हाम्रो प्राचीन ग्रन्थहरू र संस्कृति विरासतमा उल्लेखित छ। यी ग्रन्थहरूमा केवल धार्मिक सामग्री छैन तर विज्ञान, दर्शन, जीवनशैली र संस्कृतिको गहराई पनि लुकेको छ। हाम्रो शास्त्र हाम्रो संस्कृतिको आत्मा हो। यो केवल धार्मिक नभएर जीवन शैली, विज्ञान र दर्शनको पनि अद्भुत संगम हो। यदि हामीले यसलाई संरक्षित गरेनौं भने भावी पीढ़ीले भारत के थियो भन्ने कहिलेपनि जान्न सक्नेछैन।
पुरातन ग्रन्थहरूको संरक्षणमा डिजिटलीकरणको महत्व र सरकारको भूमिकालाई लिएर शिन्देले भने, काशीमा देशको पहिलो संग्रहालयको शुभारम्भ भएको छ, जुन केवल ग्रन्थहरूको संग्रहको केन्द्र हुनेछैन तर शोध, अध्ययन र त्यसको डिजिटल रूपान्तरणको पनि प्रमुख माध्यम बन्नेछ। आर्टिफिशियल इन्टेलिजेन्स (एआई) को माध्यमले यस ज्ञानलाई अनेक भाषाहरूमा आम जनतासम्म पुऱ्याउने योजना पनि बनाइँदैछ। यसमा केन्द्र र राज्य सरकारहरूको सहयोग सराहनीय छ। वित्त मन्त्री निर्मला सीतारमणद्वारा केन्द्रिय बजेटमा सांस्कृतिक विरासत र शिक्षाको निम्ति विशेष प्रावधानको घोषणा यसको प्रमाण हो।
ठाणे जिल्ला (महाराष्ट्र) बाट यस अभियानको शुरूआतको विशेष महत्वलाई सम्झाउँदै उपमुख्यमन्त्रीले भने, महाराष्ट्रको ठाणे जिल्ला सन्तहरूको भूमि रहेको छ। ठाणेको एतिहासित र सांस्कृतिक महत्व गहिरो छ। त्यहाँका प्राच्यविद्या विशेषज्ञ डा. बेडेकरसित 60,000 भन्दापनि अधिक दुर्लभ ग्रन्थहरूको संग्रह छ, जसलाई संरक्षित गर्ने दिशामा यो एक ठूलो कदम हो। यहीबाट यस अभियानको गुरूपूर्णिमादेखि औपचारिक रूपमा शुरूआत गरिनेछ।
प्राचीन ग्रन्थहरूको संरक्षणको यस कार्यमा युवाहरूको भूमिकालाई रेखांकित गर्दै शिन्देले भने, युवाहरूको भागीदारी यस प्रयासमा निर्णायक हुनेछ। यदि युवाले हाम्रो संस्कृति, धर्मग्रन्थङरू र स्थापत्यको गहराईलाई बुझे, उनीहरूले यसलाई अरूसम्म पनि पुऱ्याउन सक्नेछन्। यस कार्यलाई जुन गतिले गर्ने आवश्यकता छ, त्यसको निम्ति युवा जोश र दृढ़ इच्छाशक्तिको खाँचो पर्नेछ। भारत एक युवा राष्ट्र हो, यही युवा यस ज्ञानमा अग्रणी बन्नसक्छन्। यी युवाहरूको कर्तव्य हुन्छ कि उनीहरूले आफ्नो ऊर्जाले राष्ट्रलाई प्रगतिको बाटोमा लैजाओस् र भारतलाई आध्यात्मिक शक्तिको रूपमा स्थापित गर्दै यसलाई विश्व गुरू बलनाउनमा योगदान दिओस्।
शिन्देले यस पुनीत कार्यमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को योगदानलाई विशेष रूपमा उल्लेखनीय बताए। उनले भने, संघले न केवल यी ग्रन्थहरूको संरक्षण गरिरहेको छ तर चुनौतीहरूलाई अवसर मानेर राष्ट्रप्रेम र संस्कृति चेतनाको संचार पनि गरिरहेको छ। यो चेतना नै देशका युवाहरूलाई सही मार्गमा ल्याउने र बनाई राख्नमा सहायक सिद्ध हुनेछ। यस वर्ष संघको शताब्दी वर्ष पनि हो। यस्तो स्थितिमा यो शताब्दी वर्ष एक उपयुक्त अवसर हो, जसमा हामीले यस पहलको शुरूआत गरिरहेका छौं। गुरूपूर्णिमादेखि शुरू भएर यो कार्यले राष्ट्रव्यापी रूप लिनेछ।
वेदहरू-उपनिषदहरूको ज्ञानमा शिक्षण संस्थानहरूमा समावेशको योजनामा उनले भने, नयाँ शिक्षा नीति अन्तर्गत यी ग्रन्थहरूको अंशहरूलाई पाठ्यक्रममा सामेल गरिने प्रस्ताव तयार भइऱहेको छ। यदि सानैदेखि साना-साना बिन्दूहरूको रूपमा जानकारी दिए नानीहरूमा संस्कृतिक चेतना र ज्ञान दुवैको वृद्धि सम्भव छ। डिजिटलीकरणको उद्देश्य नै केवल संग्रहसम्म सीमित छैन तर हरेक जिल्लामा यो कार्य हुनुपर्छ ताकि हरेक शिक्षण संस्था यस ज्ञानसित जोड़िन सकोस्।
प्राचीन ग्रन्थहरूको संरक्षण र प्रचार-प्रसारको यस योजनालाई एक राष्ट्रिय जागरणतिर बढ्दो कदम बताउँदै एकनाथ शिन्देले भने, यो पहल एक साधारण संग्रहालय निर्माणभन्दा धेरै अगाड़ीको योजना हो। यो भारतीयताको मूल, त्यसको चेतना र त्यसको वैज्ञानिक सोचलाई पुनः प्रतिष्ठित गर्ने प्रयास हो। यदि सरकार, समाज र युवाले मिलेर यस दिशामा कार्य गरे, यो केवल अतीतको संरक्षण नभएर भविष्यको दिशा तय गर्ने कदम प्रमाणित हुनेछ। भनिन्छ, ज्ञान बाँड्दा बढ्छ र यो प्राचीन ज्ञानले नै भारतलाई पुनः विश्वगुरू बनाउनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी