अन्तरराष्ट्रिय योग दिवस बन्यो जन आन्दोलन, देश-विदेशमा देखियो अद्भुत उत्साह- प्रधानमन्त्री
अन्तरराष्ट्रिय योग दिवस बन्यो जन आन्दोलन, देश-विदेशमा देखियो अद्भुत उत्साह- प्रधानमन्त्री


नयाँ दिल्ली, 29 जून (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार ‘मनका कुरा’ कार्यक्रममा 21 जूनमा आयोजित अन्तरराष्ट्रिय योग दिवसको भव्यतालाई याद गरे औं देशवासीहरूलाई यसप्रति बढ्दो जागरूताको निम्ति बधाई दिए। उनले भने, 10 वर्षमा योग दिवस एक वैश्विक जन आन्दोलन बनिसकेको छ र मानिसहरू आफ्नो जीवनमा योगलाई अपनाउन थालेको संकेत हो।

प्रधानमन्त्रीले भने, यस वर्ष विशाखापट्टनमको तटमा तीन लाखभन्दा धेरै मानिसहरूले एकसाथ योग गरे, जुन एक ऐतिहासिक आयोजन थियो। यस बाहेक 2000 भन्दा अधिक आदिवासी छात्रहरूले 108 मिनटसम्म 108 सूर्य नमस्कार गरी उदाहरण पेश गरे।

नौसेनाका जहाजहरूमा, हिमालयको हिउँले ढाँकेका चोटीहरूमा आईटीबीपीका जवानहरूद्वारा योग प्रदर्शन र जम्मू-कश्मीरमा विश्वको सबैभन्दा अग्लो चिनाब ब्रिजमा योग सत्रको आयोजन, देशभरिमा योगप्रति उत्साहलाई दर्शाउँछ। दिल्लीमा यमुना छेउ स्वच्छता र र स्वास्थ्यलाई जोड्दै योग शिविर आयोजित गरियो भने तेलङ्गानामा 3000 दिव्यांगजनहरूले सामूहिक रूपमा योग गरेर योग सशक्तिकरणको माध्यम पनि हो भनी प्रमाणित गरे।

प्रधानमन्त्रीले भने, यस पालीको थीम ‘योगा फर वन अर्थ, वन हेल्थ’ न केवल एक नारा हो तर यो ‘वसुधैव कुटुंबकम्’ को भावनालाई साकार गर्दछ। न्यूयार्क, लन्दन, टोक्यो र पेरिस जस्ता ठूला शहरहरूबाट पनि योगका फोटोहरू अघि आए, जसले शान्ति, स्थिरता र सन्तुलनको प्रेरणा दिँदछ।

प्रधानमन्त्रीले यस अवसरमा सबै देशवासीहरूसित योगलाई आफ्नो जीवनको हिस्सा बनाउने र विश्वलाई भारतको यस प्राचीन विद्याबाट लाभान्वित गर्ने आग्रह गरे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande