भुवनेश्वर, 28 जून (हि.स.)। पुरीको गुन्डीचा मन्दिर नजिक आइतबार बिहानै भएको भगदड़को घटनापछि ओडिशाका पुलिस महानिदेशक वाईबी खुरानियाले घटनास्थलमा पुगेर स्थितिको जायजा लिए। दुर्घटनामा तीन श्रद्धालुको मृत्यु भयो जबकि अन्य धेरै घाइते भएका छन्।
डीजीपी खुरानियाले भने, दुर्घटनाको जाँच शुरू गरिएको छ र भविष्यमा यस्ता घटनाहरूलाई रोक्न त्वरित सुधारात्मक कदम उठाइँदैछ। उनले श्रद्धालुहरूसित दर्शनमा पुलिसको निर्देशहरूको पालन गर्ने र भीड़ रहने क्षेत्रहरूमा मोबाइलबाट फोटो नलिने अपील गरे किनभने यसबाट अव्यवस्था फैलिनसक्छ। हामी श्रद्धालुहरूका लागि सुरक्षित र व्यवस्थित दर्शन सुनिश्चित गर्न हरसम्भव प्रयास गरिरहेका छौं। उनले श्रद्धालुहरूसित विभिन्न स्थानहरूमा पुलिसद्वारा दिइएका निर्देशहरूको पालन गर्ने अनुरोध गरेका छन्।
अर्कोतिर, पुरीका जिल्लाधिकारी सिद्धार्थ शंकर स्वाईले तीन श्रद्धालुको मृत्युको पुष्टि गरेका छन्। उनले भने, मृतकहरूको शवहरूको पोस्टमार्टम गरिँदैछ। मेडिकल रिपोर्ट अनुसार, छह जना घाइते छन् र उनीहरूलाई अस्पतालमा भर्ती गराइएको छ। सबैको स्थिति स्थिर बनेको छ।
घटना आइतवार बिहान लगभग 4.20 बजी त्यस समय भयो जब 'पहुड़ा' अनुष्ठानपछि भारी संख्यामा श्रद्धालु भगवानको दर्शनको निम्ति एकत्र भए। प्रत्यक्षदर्शीहरू अनुसार, त्यही समय ‘चरमाला’ दाउरा लोड गरिएको एउटा ट्रक अचानक भीड़भित्र पस्यो, जसबाट भगदड़ मच्चियो जसमा श्रद्धालुहरू घाइते भए।
प्रशासनले घटनास्थलमा सुरक्षा व्यवस्था अझ् कड़ा गरेको छ र अतिरिक्त बलको तैनाती गरिएको छ। जिल्ला प्रशासनले श्रद्धालुहरूसित सहयोगको अपील गर्दै भनेको छ, रथा यात्राको सुचार संचालनको निम्ति सबैले संयम र सतर्कता अपनाउनुपर्छ।
हिन्दुस्थान समाचार / भवानी थामी