देहरादून, 29 जून (हि.स.)। उत्तराखण्डमा गत तीन दिनदेखि जारी वर्षा अब आफत बन्दै गइरहेको छ। गढ़वालको श्रीनगरमा अलकनन्दाको जलस्तर तीव्र गतिमा बढ़िरहेको छ। माथिल्ला जिल्लाहरूमा अत्यधिक पानी परिरहेको कारण जीवीके ड्याम श्रीनगर अगाड़ीतिर लगभग 2500-3000 क्यूमेक्स पानी छोड़िएको कारण जिल्लाधिकारी पौड़ीले कीर्तिनगर, देवप्रयाग, तपोवन, मुनिकीरेती क्षेत्रमा नदी छेउका क्षेत्रहरूमा लगातार अलर्ट जारी गर्ने निर्देश दिएका छन्।
मौसम विज्ञान केन्द्र देहरादूनले आगामी 24 घण्टाको अलर्ट जारी गरेको छ। चारधाम यात्रा मार्गहरूमा अत्यधिक वर्षा र मार्गहरू अवरूद्ध र ढुंगा माटो झरेपछि चारधाम यात्रीहरूलाई सुरक्षित स्थानहरूमै रोकिँदैछ। जिल्ला टिहरी गढ़वाल क्षेत्रान्तर्गत चारधाम यात्रा मार्गहरूको ढालवाला, तपोवन, देवप्रयाग, कीर्तिनगर, नरेन्द्रनगर, चम्बा, कंडिसौड सहित लंबगाउँ, चमियाला, घनसालीमा यात्रीहरूलाई सूचित गर्दै उनीहरूलाई रोक्ने कारबाही गरिँदैछ।
जिल्लाधिकारी नितिका खण्डेलवालले बताइन्, टिहरीमा लगातार पानी गरेको कारण यो कदम उठाइएको हो। बागेश्वर जिल्लाको कपकोट तहसीलमा भारी वर्षाको कारण 20 आन्तरिक मोटर मार्ग बन्द छ। लगातार पानी परिरहेको कारण सरयू र गोमती नदीको जलस्तर बढ़ेको छ। नदी छेउ बस्ने मानिसहरूलाई सतर्क गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी