उत्तराखण्ड: चारधाम यात्रा एक दिनकाे लागि स्थगित
kedarnath


देहरादून, 29 जून (हि.स.)। उत्तराखण्डमा लगातार रूपमा परिरहेकाे वर्षाका कारण पर्वतीय जिल्लाहरूमा जनजीवन अस्त-व्यस्त बनेकाे छ। भारी वर्षा र पैह्राेकाे सम्भावनालाई ध्यानमा राख्दै चारधाम यात्रालाई आगामी 24 घण्टाकाे लागि स्थगित गरिएकाे छ। यात्रीहरू र मानिसहरूकाे सुरक्षालाई लिएर सम्बन्धित जिल्ला प्रशासनहरूलाई अलर्टमा राखिएकाे छ र राहत एवं बचाउ दलहरूलाई सक्रिय गरिएकाे छ।

उक्त जानकारी गढ़वाल कमिश्नर विनय शंकर पाण्डेयले दिएका हुन्। उनले भने, वर्तमान मौसम परिस्थितिहरूलाई ध्यानमा राख्दै याे निर्णय लिइएको हो। यात्रीहरूको ज्यानमालको सुरक्षालाई ध्यानमा राख्दै सावधानी कदम उठाइएको छ ताकि मार्गमा फसेका श्रद्धालुहरूलाई कुनै पनि प्रकारको असुविधा नहोस र उनीहरूलाई सुरक्षित स्थानहरूसम्म पुऱ्याउन सकियोस्।

कमिश्नरले भने, भावी यात्रालाई लिएर भोलि मौसमको स्थिति र मार्गहरूको समीक्षापछि निर्णय लिइने छ। उनले श्रद्धालुहरूलाई प्रशासनद्वारा जारी दिशा निर्देशहरूको पालन गर्न र मौसम सामान्य भएपछि मात्र यात्रा स्थलहरूतिर प्रस्थान गर्न अपील गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande