सिक्किमका भेटरन टे​बल टेनिस खेलाडीहरू प्रेमज्योति लामा र उदय कुमार प्रधान सम्मानित
सिक्किमका भेटरन टे​बल टेनिस खेलाडीहरू प्रेमज्योति लामा र उदय कुमार प्रधान सम्मानित


गान्तोक, 29 जून (हि.स.)। सिक्किम भेटरन्स टेबल टेनिस एसोसिएशनले सिक्किमका भेटरन टेबल टेनिस खेलाडीद्वय प्रेमज्योति लामा र उदय कुमार प्रधानलाई सम्मानित गरेको छ।

प्रेमज्योति लामालाई खेलको क्षेत्रमा उनको असाधारण योगदान र अटल समर्पणको लागि सम्मानित गरिएको हो। उनले राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरका प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै राज्य अनि देशको नाम उज्जवल बनाएकी छिन्। उनी न्यूजील्याण्ड र स्पेनमा भएको वर्ल्ड भेटरन टेबल टेनिस च्याम्पियनशिपहरूमा भारतीय दलको सदस्य थिइन्। टेबल टेनिसलाई खेलको रूपमा प्रवर्द्धन र उन्नति गर्न उनको अटल समर्पणले सिक्किमको खेलकुद समुदायमा महत्त्वपूर्ण प्रभाव पारेको एसोसिएशनले बताएको छ।

यसैगरी, उदय प्रधानलाई टेबल टेनिसप्रतिको उनको लगाव तथा खेलकुदको क्षेत्रमा उनको उल्लेखनीय योगदान र अटल समर्पणको लागि सम्मान गरिएको छ। उनले विभिन्न ठाउॅंहरूमा आयोजित भेटरन राष्ट्रिय टेबल टेनिस प्रतियोगिताहरूमा सिक्किमलाई प्रतिनिधित्व गर्दै भाग लिएर सिक्किमका खेलाडीहरूलाई उल्लेखनीय प्रभाव पारेको एसोसिएशनले बताएको छ। उनले अल इण्डिया टे​बल टेनिस च्याम्पियनशिपहरूमा ​सिक्किम राज्य टोलीको प्रबन्धकको रूपमा पनि योगदान पुऱ्याएका थिए।

सिक्किम भेटरन्स टेबल टेनिस एसोसिएशनले ओलम्पियन एवं अर्जुन अवार्डी जसलाल प्रधान, सिक्किम ओलम्पिक एसोसिएशनका वरिष्ठ उपाध्यक्ष छेवाङ जाङपो भोटिया, खेल विभागका अतिरिक्त निदेशक डा. आरबी विश्वकर्म आदिको उपस्थितिमा शनिवार पाल्जोर स्टेडियमको इन्डोर हलमा सम्मानित गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande