वक्फ र संविधान दुवैलाई बचाउनु जरूरीः सलमान खुर्शीद
वक्फ


पटना, 29 जून (हि.स.)। कांग्रेसका वरिष्ठ नेता एवं पूर्व विदेश मन्त्री सलमान खुर्शीद आइतवार पटना पुगे। यहाँ पत्रकारहरूसित कुराकानीमा उनले भने, वक्फ र संविधान दुवैलाई बचाउनु जरूरी छ। हाम्रो देशको साम्प्रदायिक सद्भावना र संवैधानिक अधिकारहरूको रक्षाको निम्ति यो आवश्यक हो। उनी आज वक्फ कानूनको विरोधमा आयोजित कार्यक्रममा भाग लिन आएका हुन्।

सलमान खुर्शीदले बिहारमा चलिरहेको मतदाता सूची पुनःपरीक्षणमाथि पनि प्रश्न खड़ा गरे। उनले भने, यस मुद्दामा सबै राजनीतिक दलहरूले आ-आफ्नो चिन्ताहरू जाहेर गरेका छन्। निश्चित रूपमा यसलाई गम्भीरताले लिनुपर्छ किनभने मतदाता सूचीमा अनियमितताहरूले लोकतान्त्रिक प्रक्रियालाई प्रभावित गर्नसक्छ। देश आज यस्तो मोड़मा खड़ा छ, जहाँ हामी कहाँ छौं र कुन दिशामा गइऱहेका छौं यो हेर्नु जरूरी छ। हामी झगड़ा गर्छौं र लड्दै पछि हटिरहेका छौं।

सलमान खुर्शीदले भने, सबै वर्गहरू र समुदायहरूको अधिकारहरूको सुरक्षा जरूरी छ। उनले यसमाथि पनि बल दिए कि राजनीतिक दलहरूले एकजुट भएर देशको संवैधानिक मूल्यहरूको रक्षा गर्नुपर्छ ताकि भारत विकासको पथमा निरन्तर अघि बढ़िरहोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande