जम्मू-कश्मीरः भारी वर्षापछि चिनाब नदीको जलस्तर बढ्दा सलाल बाँधका धेरै गेटहरू खोलिए
गेट


जम्मू, 30 जून (हि.स.)। जम्मू सम्भागमा भारी वर्षापछि चिनाब नदीको जलस्तर बढ़ेको कारण अधिकारीहरूले जम्मू-कश्मीरका आवासीय जिल्लाहरूमा सलाल बाँधका धेरै स्पिलवे गेट खोलेका छन्। अतिरिक्त पानीलाई सुरक्षित रूपले निकाल्न र तलतिर कुनैपनि सम्भावित बाढ़ीलाई रोक्न गेटहरू खोलिएका छन्। अधिकारीहरूले स्थानीय मानिसहरूसित नदी किनारदेखि टाढ़ा रहने र सबै सुरक्षा निर्देशहरूको पालन गर्ने आग्रह गर्दै निर्देश जारी गरेका छन्।

यस अगाड़ी बताइएको थियो कि जम्मू र कश्मीरका केही हिस्साहरूमा भारी वर्षाको कारण चिनाब नदीको जल स्तर बढ़ेको छ, जसबाट बगलिहार जलविद्युत परियोजनामा पानी भरेको छ। डोडा-किश्तवाड़-रामबन रेञ्जका उप महानिरीक्षक (डीआईजी) श्रीधर पाटिलले स्थितिलाई स्वीकार गरे औं मानिसहरूसित नदीहरू र तीव्र धाराहरूदेखि टाढ़ा रहने आग्रह गरे। डीआईजी पाटीलले भने, चिनाब नदीमा जलस्तर बढ़ेको तपाई सबैले देखेका छन् होला। म सबैसित नदीहरू नजिक नजाने अपील गर्दछु, जलस्तर धेरै अधिक बढ़ेको छ। आफूलाई जोखिममा नपार्नुहोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande