नयाँ दिल्ली, 30 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले राष्टिय जनता दल (राजद) नेता तेजस्वी यादवको उक्त बयानको आलोचना गरेको छ, जसमा उनले भनेका थिए कि यदि बिहारमा महागठबन्धनको सरकार बने वक्फ संशोधन अधिनियमलाई हटाइनेछ।
भाजपाका राष्ट्रिय प्रवक्ता डा. सुधान्शु त्रिवेदीले सोमवार पार्टी मुख्यालयमा प्रेस कन्फ्रेन्समा भने, तेजस्वी यादव अहिलेपनि 50 वर्ष पुरानो उक्त सोचमा फंसेका छन्, जहाँ संविधानलाई डस्टबिनमा फ्याक्ने कुरा हुन्थ्यो। तेजस्वीलाई संसद र न्यायपालिकाको सम्मान गर्नु आउँदैन।
उनले भने, अहिले हालमा हामीले भारतको लोकतान्त्रिक इतिहासको सबैभन्दा कालो अध्याय- आपातकालको 50 वर्ष पूरा गऱ्यौं तर ठूलो दुःखको कुरा हो कि पटनाको त्यही गान्धी मैदानमा जहाँ आपातकालमा संविधानको रक्षा र संविधानको सम्मानको निम्ति ज्यानको परवाह नगरी लाखौं मानिस एकत्र भएका थिए, त्यहाँ हिजो एउटा यस्तो ऱ्याली भयो, जसमा तेजस्वी यादवले भने, संसदको कानूनलाई (वक्फ बोर्ड कानून) लाई डस्टबिनमा फ्याक्नेछौं। जबकि यो कानून दुवै सदनबाट पारित छ र कोर्टमा विचाराधीन छ। यसको अर्थ यो भयो कि न संसदको सम्मान न न्यायपालिकाको सम्मान।
डा. त्रिवेदीले भने, भोट ब्याङ्कको चाहनामा इन्डी गठबन्धनको सहयोगी तेजस्वी यादवद्वारा जेपनि भनिएको छ, त्यसबाट स्पष्ट छ कि यिनी संविधानलाई डस्टबिनमा फ्याक्ने मानसिकतादेखि बाहिर आउन सकिरहेका छैनन्। कुरानमा 'वक्फ' जस्तो कुनै शब्द छैन। यो मुल्लाहरू र मौलवीहरूद्वारा बनाइएको शब्द हो। इस्लामले तपाईलाई खर्च गर्नु, दिनु सिकाउछ- राख्नु वा जमा गर्नु होइन। र फेरिपनि तपाईले भन्छन् संग्रह गर्नु ? यो बाबा साहबको संविधानको खिल्ली उड़ाउन बाहेक अरू केही होइन। यसलाई धर्मनिरपेक्ष दस्तावेजदेखि मौलवीहरूको स्क्रिप्टमा परिणत गर्ने प्रयास हो।
भाजपा सांसद त्रिवेदीले भने, यी समाजवादीहरूलाई अल्पसंख्यकहरूको पनि परवाह छैन। मुल्ला-मौलवीहरू सामू झुकेर उनीहरूले 'समाजवाद' लाई 'नमाजवाद' मा परिणत गर्न चाहन्छ। यिनीहरू पक्का नमाजवादी हुन्।
हिन्दुस्थान समाचार / भवानी थामी