जम्मू, 30 जून (हि.स.)। भारतीय सेनाले जम्मू-कश्मीरको पुन्छ-राजौरी सेक्टरमा नियन्त्रण रेखामा जैश-ए-मोहम्मदको घुसपैठको योजनालाई विफल तुल्याएको छ। यस अवधि दुई आतङ्की मारिए औं एक गाइडलाई पक्राउ गरियो। घटनास्थलबाट हतियारहर र गोला-बारूदको भण्डार पनि जफत गरिएको छ।
भारतीय सेनाले आज जारी बयानमा भनेको छ, 29 जूनमा सैनिकहरूले गोप्य इनपुटको आधारमा राजौरीको केरी सेक्टरमा घुसपैठको ज्ञात मार्गमा संदिग्ध गतिविधिको पत्तो लगाए। यस स्थानमा अमरनाथ यात्राको मध्यनजर कड़ा निगरानी राखिँदैछ। सैनिकहरूले घुसपैठको निम्ति तयार त्यहाँ लुकेका जैश-ए-मोहम्मद आतङ्कीहरूलाई घेरेर गोलीबारी गरे।
बयानमा भनियो, यसबाट जैशलाई भारी क्षति भएको छ। प्रारम्भिक रिपोर्टमा कम्तीमा दुई आतङ्की मारिएको पुष्टि भएको छ। घुसपैठीहरूको सहायता गरेको सन्देहमा एक स्थानीय गाइडलाई पक्राउ गरियो। यसपछि तलाशी अभियानमा हतियार, विस्फोटक र अन्य युद्ध-जस्ता सामग्री जफत गरियो। पक्रा परेको गाइडसित सोधपुछ जारी छ।
भारतीय सेनाले बयानमा भनेको छ, यस घटनापछि निगरानी बढ़ाइएको छ र नियन्त्रण रेखामा अतिरिक्त सामरिक संसाधन तैनाथ गरिएको छ। सुरक्षा बल पुन्छ र राजौरी जिल्लाहरूमा हाई अलर्टमा छ।
हिन्दुस्थान समाचार / भवानी थामी