मानकाचर, 30 जून (हि.स.)। दक्षिण शालमारा-मानकाचर जिल्लाको भारत-बांग्लादेश सीमा नजिक झघरारचर क्षेत्रबाट चार बांग्लादेशी घुसपैठीहरूलाई पक्राउ गरिएको छ। यो कारबाही सीमा सुरक्षा बल (बीएसएफ) र मानकाचर पुलिसको संयुक्त टीमले एक गुप्त सूचनाको आधारमा गऱ्यो। पुलिस प्रवक्ताले सोमवार यसको जानकारी दियो।
पुलिस प्रवक्ताले भने, पक्रा परेका बांग्लादेशी नागरिकहरूमा दुई महिला र दुई पुरूष सामेल छन्। चारै अवैध रूपमा भारतीय सीमामा पसिसकेका थिए। तर बीएसएफ र स्थानीय पुलिसले एक गुप्त सूचनाको आधारमा कारबाही गर्दै यिनीहरूलाई समय रहँदै समात्यो। अहिले सबैलाई संजय सादु बीएसएफ क्याम्पमा राखिएको छ।
पक्रा पर्ने चार घुसपैठीहरूलाई आवश्यक कानूनी कारबाहीपछि पुनः बांग्लादेश पठाइनेछ। बीएसएफ र पुलिसका अधिकारीहरूले यिनीहरूसित गहन सोधपुछ गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी