इम्फाल, 30 जून (हि.स.)। उग्रवाद विरोधी अभियानमा सुरक्षाबलहरूले विभिन्न प्रतिबन्धित संगठनहरूका तीन उग्रवादीहरूलाई पक्राउ गरेको छ। यस बाहेक एक बमलाई सुरक्षित तरीकाले निष्क्रिय गरिएको छ।
पुलिस प्रवक्ता अनुसार, इम्फाल पश्चिम जिल्लामा एक संयुक्त टीमले लामडेंग अवांग लेईकाईबाट एक उग्रवादी युमनाम प्रेमकुमार सिंह उर्फ नोंगथांग (31) लाई पक्राउ गऱ्यो। उक्त उग्रवादीमाथि बलजफ्ती असुलीका गतिविधिहरूलाई परिणाम दिएको आरोप छ। पुलिस अधिकारीहरूले उदेखि दुई मोबाइल फोन र एक पहेलो रंगको स्कूटर (एमएन01/एई-1745) जफत गरे। यस बाहेक इम्फाल ईस्ट जिल्लाको नोंगपोक संजेनबाम खुल्लेनबाट कांगलीपाक कम्युनिस्ट पार्टी (केसीपी-नोयोन/एमएफएल) सित सम्बन्धित मनोहरमायुम कबीचन्द्र शर्मा उर्फ राजो (28) लाई पक्राउ गरियो। एक अन्य अभियानमा प्रतिबन्धित पीआरईपीएके (पीआरओ) को एक क्याडर कंगाबाम राजू सिंह उर्फ पुरेल (42) लाई इम्फाल पश्चिमको सिंगजामेई पुलिस स्टेशन अन्तर्गत हीरांगोइथोंगमा फिश आर्केड शप नजिकबाट पक्राउ गरियो।
यसबीच बिष्णुपुर जिल्लामा बम निरोधक दलले मोइरांग पुलिस स्टेशन अन्तर्गत तेराखोंगशांगबी मानिंग लैथेलमा लगाइएको 51 मिमी आईएलएलजी बमलाई सफलतापूर्वक निष्क्रिय गऱ्यो। फोरेन्सिक जाँच र अगाड़ीको जाँचको निम्ति साइटबाट छर्रा एकत्र गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी