उत्तराखण्डमा चारधाम यात्रामा प्रतिबन्ध हट्यो
उत्तरा


देहरादून, 30 जून (हि.स.)। उत्तराखण्डमा भारी वर्षाको कारण चारधाम यात्रालाई गत 24 घण्टाको निम्ति स्थगित गरिएको थियो। अब चारधाम यात्राबाट प्रतिबन्ध हटाइएको छ। गढ़वाल मण्डलका कमिश्नर विनय शंकर पाण्डेयले यो जानकारी दिए।

कमिश्नर विनय शंकर पाण्डेयले भने, चारधाम यात्रामा 24 घण्टाको प्रतिबन्ध हटाइएको छ। यात्रा मार्गमा पर्ने जिल्लाहरूका जिल्लाधिकारीहरूलाई आ-आफ्नो जिल्लाहरूमा मौसमको स्थितिको आधारमा वाहनहरूलाई रोक्ने निर्देश दिइएको छ।

गढ़वाल कमिश्नरले भने, वर्तमान मौसम परिस्थितिहरूलाई ध्यानमा राख्दै यात्रीहरूको ज्यानमालको सुरक्षाको मध्यनजर सावधानी अन्तर्गत कदम उठाइँदैछ ताकि मार्गहरूमा फंसेका श्रद्धालुहरूलाई कुनै प्रकारको असुविधा नहोस् र उनीहरूलाई सुरक्षित स्थानहरूसम्म पुऱ्याउन सकियोस्।

उल्लेख्य, आइतवार भारी वर्षा र पैह्रोको आशंकाको मध्यनजर चारधाम यात्रालाई आगामी 24 घण्टाको निम्ति स्थगित गरिएको थियो। यात्रीहरू र मानिसहरूको सुरक्षालाई लिएर पुलिस र प्रशासनका अधिकारीहरूलाई हरिद्वार, ऋषिकेश, श्रीनगर, रुद्रप्रयाग, सोनप्रयाग र विकासनगरमा तीर्थयात्रीहरूलाई रोक्ने निर्देश दिइएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande