आर्चरी वर्ल्ड कप स्टेज-3: पार्थ सालुङ्खेको प्रतिभाले भारतको आशा जगायो
आर्चरी वर्ल्ड कप स्टेज-3: पार्थ सालुङ्खेको प्रतिभाले भारतको आशा जगायो


नयाँ दिल्ली, 04 जून (हि.स.)। युवा भारतीय धनुर्धारी पार्थ सालुङ्खेको हालैको सफलताले भारतीय आर्चरीमा नयाँ ऊर्जा भरेको छ। सांघाईमा भएको आर्चरी विश्वकप चरण-2 मा आफ्नो पहिलो विश्वकप पदक जितेर चर्चामा आएपछि 21 वर्षीय पार्थ अब बुधवारबाट अंताल्यामा शुरु हुने चरण-3 मा चुनौती लिन तयार छन्।

महाराष्ट्रको सताराका पार्थले सांघाईमा आफ्नो उत्कृष्ट प्रदर्शनले सबैलाई चकित पारे। उनले पहिलो राउन्डमा टोकियो ओलम्पिक च्याम्पियन मेट गजोजलाई शूट-अफमा पराजित गरे र त्यसपछि क्वार्टरफाइनलमा दुई पटकका ओलम्पिक टोली स्वर्ण पदक विजेता कोरियाली खेलाडी किम जे-डियोकलाई सोझो सेटमा पराजित गरे।

सेमिफाइनलमा उनी कोरियाली अनुभवी किम वू-जिन विरुद्ध 0-4 ले पछि परेपछि 4-4 को बराबरी खेलमा फर्किए, तर निर्णायक सेटमा नजिकको प्रतिस्पर्धामा हारे। यसको बावजुद पनि उनले कांस्य पदकको खेलमा पेरिस ओलम्पिक रजत पदक विजेता ब्याप्टिस्ट एडिसलाई हराउँदै आफ्नो पहिलो विश्वकप पदक हासिल गरे।

पार्थको प्रेरणादायी सफलताले तरुणदीप राई, अतानु दास र धीरेज बोम्मदेवरा समावेश रहेको भारतीय पुरुष रिकर्भ टोलीलाई पनि प्रेरित गरेको छ। सांघाईमा भएको कांस्य पदकको प्लेअफमा अमेरिकासँग पराजित भएपछि पदकबाट चुकेको टोलीले अंताल्यामा पुनरागमन गर्ने लक्ष्य राख्नेछ।

रिकर्भ पुरुष: धीरेज बोम्मदेवरा, पार्थ सालुङ्खे, अतानु दास, तरुणदीप राय

रिकर्भ महिला: दीपिका कुमारी, अंकिता भगत, सिमरनजीत कौर, अंशिका कुमारी

कम्पाउण्ड पुरुष: अभिषेक वर्मा, ऋषभ यादव, ओजस देओताले, उदय कम्बोज

कम्पाउण्ड महिला: ज्योति सुरेखा वेन्नम, मधुरा धमणगांवकर, चिकीथा तनिपार्थी, अदिति स्वामी

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande