अपरेशन सिन्दूरप्रति समर्पित रक्तदान शिविर आयोजित
अपरेशन सिन्दूरप्रति समर्पित रक्तदान शिविर आयोजित


सिलगढ़ी, 08 जून (हि.स.)। अपरेशन सिन्दूरको सफलताप्रति समर्पित एक मेगा रक्तदान शिविर आयोजना गरियो। आइतवार सिलगढ़ी इस्कन मन्दिरमा आयोजित शिविरको माध्यमबाट 2 सय यूनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ जसमा सबैभन्दा पहिला मन्दिरका साधु-सन्तहरूले भाग लिए।

शिविरमा एसएसबीका डीआईजी ए.के. सिंह, दुईजना महिला सैन्य अधिकारी एवं सेनाका धेरैजना जवानहरू विशेष अतिथिका रूपमा उपस्थित थिए। इस्कनको पक्षबाट उनीहरूलाई भव्य स्वागत गरियो साथै विशेष सम्मान पनि दिइयो।

सिलगढ़ी इस्कन मन्दिरका जनसम्पर्क अधिकारी नमकृष्ण दासले भने, अपरेशन सिन्दूरको सफलताप्रति यो रक्तदान शिविर समर्पण गरिएको छ। यस आयोजनको माध्यमबाट यो सन्देश पनि दिइयो, रक्तदान सेवा मात्र नभएर देशप्रति हाम्रो जिम्मेवारी हो। वीर सैनिकहरूको सम्मानमा आयोजना गरेर झन् यसको महत्व बढ़ेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande