दक्षिण सालमारा (असम), 08 जून (हि.स.)। दक्षिण सालमारा-मानकाचर जिल्लाको मानकाचरबाट पुलिसले एकजना वृद्धाको शवलाई उद्धार गरेको छ। पुलिसले आइतवार बतायो, थाना क्षेत्रको सटकराईबाड़ी क्षेत्रमा अवस्थित एउटा पोखरीमा महिलाको शव तैरिरहेको जानकारी स्थानीय मानिसहरूले जानकारी दिए।
घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले लगभग 50 वर्षीय वृद्ध महिलाको शवलाई पोखरीबाट बाहिर निकाल्यो। महिलाको हात बाँधिएको थियो। मृत महिला मानकाचर थाना अन्तर्गत सेंगुरचर गाउँकी निवासी रहेको बताइएको छ जसको पहिचान जोहरा खातून (50)-को रूपमा गरिएको छ।
पुलिसले मृत महिलाको शवलाई उद्धार गरी पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा