रूपहीहाट क्षेत्रमा अज्ञात व्यक्तिको शव भेटियो
रूपहीहाट क्षेत्रमा अज्ञात व्यक्तिको शव भेटियो


नगाउँ (असम), 08 जून (हि.स.)। नगाउँ जिल्लाको रुपहीहाट क्षेत्रमा आइतवार बिहान एक अज्ञात व्यक्तिको शव भेटिनाले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। पुलिसले आइतवार बतायो, रूपहीहाटको बेलगुरी रेल लाइन किनारमा एकजना व्यक्तिको शव स्थानीय मानिसहरूले देखेपछि पुलिसलाई सूचित गरे।

जानकारी पाए लगत्तै घटनास्थलमा पुगेको पुलिसको टीमले उक्त शवलाई कब्जामा लिएर पोस्टमर्टमको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले आशंका व्यक्त गरेको छ, आज भोर बिहान कुनै ट्रेनको चपेटमा परेर उक्त व्यक्तिको मृत्यु भएको हुनसक्छ। अन्तिम सूचनासम्म पनि मृत व्यक्तिको पहिचान हुन सकेको थिएन। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मृतकको पहिचान सुनिश्चित गर्न जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande