सिलगढ़ी, 08 जून (हि.स.)। सड़क दुर्घटनामा आबकारी विभागका कन्स्टेबलको मृत्यु भयो भने एकजना महिला कन्स्टेबल घाइते भइन्। दुवै नै नक्सलबाड़ी आबकारी विभागमा कार्यरत थिए। घटना नक्सलबाड़ी टोल प्लाजा सामु आइतवार भएको हो। मृतक कन्स्टेबलको नाम अरूप सरकार हो भने घाइते महिला कन्स्टेबलको नाम योगिता लामा हो। बिहान अरूप र योगिता बाइकमा सवार भएर निक्लेका थिए। यसै क्रममा यिनीहरू नक्सलबाड़ी टोल प्लाजा सामु ट्रेलरको चपेटमा परे। यस घटनामा दुवै गम्भीर रूपमा घाइते भए। हतार-हतार दुवैलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा लगियो जहाँ अरूप सरकारलाई मृत घोषित गरियो भने घाइते योगिता एक नर्सिंग होममा उपचराधिन छन्। घटनाको सूचना पाउनसाथ नक्सलबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्य अनि ट्रेलरलाई जफ्त गऱ्यो। मामिलाको जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा