जाली भिजा ऱ्याकेटको खुलासा, एजेन्ट पक्राउ
जाली भिजा ऱ्याकेटको खुलासा, एजेन्ट पक्राउ


नयाँ दिल्ली, 8 जून (हि.स.)। दिल्लीको आईजीआई एयरपोर्ट पुलिसले जाली भिजा अनि टिकटको आधारमा तीनजना यात्रीहरूलाई स्पेन पठाउने षड़यन्त्रमा सामेल एकजना एजेन्टलाई पक्राउ गरेको छ। पुलिस अनुसार गत 29 मईमा अमृतसरका तीनजना युवकहरू क्रमैले हरजीत सिंह (44), भगवन्त सिंह (25) र गुरचरण सिंह (28) म्याड्रिड, स्पेन जाने उदेश्यले आईजीआई एयरपोर्टमा पगेका थिए।

उनीहरूले इण्डिगो एयरलाइन्सको काउण्टरमा टिकट देखाउँदा टिकट एयरलाइनको सिस्टममा दर्ता गरिएको थिएन। शंका लागेपछि उनीहरूलाई स्विस लायजन अफिसरकहाँ पठाइयो जसले उनीहरूको पासपोर्टमा टाँसिेको शेंगेन भिजालाई जाली घोषित गरिदिए।

त्यसपछि एयरलाइन्स अधिकारीहरूले तत्काल इमिग्रेशन विभागलाई सूचित गरे अनि कानूनी कारबाहीको निम्ति थानामा सिकायत दर्ता गराइयो। जाँचबुझमा तीनैजना यात्रीहरूले बताए, उनीहरूले यो यात्रा पञ्जाबको बटाला निवासी एजेन्स सोनु वालियाको माध्यमबाट तय गरेका थिए जसको सिफारिस कमलदीप सिंह नामक व्यक्तिले गरेका थिए। कमलदीपले तीनैबाट 17 लाख रुपियाँ लिएर उनीहरूलाई बताए, स्पेनमा पुगेपछि उनीहरूलाई एक होटलमा वेटरको नोकरी दिइनेछ।

पुलिस टीमले तकनिकी साधनहरूको माध्यमबाट आरोपी कमलदीप सिंहलाई हरियाणाको कुरूक्षेत्रबाट 300 किलोमीटरसम्म पछ्याएर समात्यो। पक्राउपछि उसले स्वीकार गऱ्यो, एक वर्ष अगाड़ि उसको भेट सोनु वालियासित भएको थियो जसले मानिसहरूलाई विदेश पठाउनको लागि कमिशनमा काम गर्ने प्रस्ताव उसलाई दिएको थियो।

यहाँ चाखलाग्दो कुरा के छ भने सोनु वालियालाई पञ्जाब पुलिसले गत 25 मईमै पक्राउ गरिसकेको थियो। तर कमलदीपले यस कुराको जानकारी यात्रीहरूसित लुकाएको थियो ताकि उनीहरूले आफ्नो निर्णय परिवर्तन नगरून्। हाल जाँच जारी छ। सोनु वालियालाई गार्डनर जेल, पञ्जाबबाट प्रोडक्शन वारण्टमा जाँचबुझ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande