नयाँ दिल्ली, 8 जून (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्राञ्चले गोगी ग्यांगका एकजना कुख्यात उपद्रवीलाई पक्राउ गरेको छ। आरोपी सचिन खत्री उपनाम शिन्नी (26)-लाई नरेलास्थित बकनेर गाउँबाट गुप्त सूचनाको आधारमा पक्राउ गरिएको हो। उ फिरौती, अवैध हतियार तथा हमलासित सम्बन्धित धेरैवटा मामिलामा भागेको थियो।
क्राइम ब्राञ्चको डीसीपी हर्ष इन्दौराले बताए, क्राइम ब्राञ्चको नर्थ रेञ्ज-I को टीमलाई गत 6 जूनमा सूचना प्राप्त भएको थियो कि गोगी ग्यांगको सक्रिय सदस्य सचिन नरेलामा आएको छ। त्यसपछि पुलिसको टीमले धराप थापेर उसलाई समात्यो। जाँचमा थाहा लागे अनुसार सचिन खत्री पढ़ाई छोड़ेपछि सानै उमेरमा गोगी ग्यांगमा सामेल भएर हतियारधारी अपराधहरूममा लिप्त भएको थियो। पुलिसले उसित जाँंचबुझ गरी ग्यांगका अन्य गतिविधिहरूको पनि खुलासा गर्ने चेष्टा गरिरहेको छ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा