कोलकाता, 08 जून (हि.स.)। कोलकाताको बउबजारस्थित श्रीनाथ दास लेनमा आइवार मरम्मत गर्ने क्रममा एउटा पुरानो घरको एक भाग भत्किएर एकजना मानिसको मृत्यु भयो।
स्थानीय सूत्र अनुसार मृत व्यक्तिको नाम आशुतोष अधिकारी हो जसले पुरानो घरको मरम्मत गर्ने काम गरिरहेका थिेए। पुलिस सूत्र अनुसार आइतवार एउटा पुरानो घरमा मरम्मतको काम भइरहेको थियो। त्यसैबेला घरको एक भाग माथिबाट झऱ्यो। यस घटनामा आशुतोष अधिकारीको मृत्यु भयो।
पुलिस सूत्र अनुसार लगभग छःजना श्रमिकहरूले पुरानो घरको मरम्मत गरिरहेका थिए। आशुतोष पनि उनीहरूमध्ये एक हुन्। सूचना पाएपछि कोलकाता नगरपालिकाको भवन विभागीय कर्मचारी, आपदा प्रबन्धन दल, अग्निशमन विभाग तथा बउबजार थानाको पुलिस घटनास्थलमा पुगे। घरको अवशेषहरूलाई हटाएर जाँच गरिँदैछ। यस घटनाको कारणले क्षेत्रवासी भयभित भएका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा