बाढ़ीबाट राहत पाउनको लागि नदीको पूजा गरियो
बाढ़ीबाट राहत पाउनको लागि नदीको पूजा गरियो


दरंग (असम), 08 जून (हि.स.)। प्राकृतिक आपदादेखि बच्नको लागि मनुष्य सदैव ईश्वरको चरणमा पुग्दछ। यसै क्रममा दरंग जिल्लाका ग्रामीणहरूले पनि बाढ़ीबाट राहत पाउनको लागि नदीको पूजा गरेको देखियो।

नदीको पूजा सिपाझारको घोरासाल-कुमारपारामा आयोजना गरियो। ईश्वरको शरणमा समर्पित भएर स्थानीय माताहरूले नाम कीर्तन गरी बाढ़ीदेखि रक्षा गर्ने कामना गरे। बर्खाझरीमा ननै नदीको बाढ़ीको पानीले मानिसहरूलाई कुनै प्रकारको क्षति नहोस् भनी पूर्ण विधि-विधानपूर्वक जल पूजा शुरू गरियो।

ग्रामीणहरूको भनाइ छ, मान्यता अनुसार जल पूजा गर्नाले गाउँलाई बाढ़ीबाट रक्षा गर्नेछ। धन-सम्पत्ति, खेतीलाई कुनै नोक्सान हुनेछैन। सम्पूर्ण गाउँका मानिसहरूलाई पूर्ण भक्तिभावको साथमा जल पूजा गरेको देखियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande