गुवाहाटी, 08 जून (हि.स.)। राजधानी गुवाहाटीदेखि ब्रह्मपुत्र नदीको अर्को किनारमा अवस्थित उत्तर गुवाहाटीसम्मको लागि आइतवारदेखि पुनः फेरी सेवा (यन्त्रचालित डुंगा) सेवा आरम्भ गरिएको छ। ज्ञात रहोस्, केही दिन अगाड़ि घना वर्षाको कारणले ब्रह्मपुत्र नदीको जलस्तर द्रूत गतिमा बढ़्न थालेको थियो जसलाई ध्यानमा राखेर कामरूप (मेट्रो) जिल्ला प्रशासनले नदीमा चल्नसक्ने फेरी सेवालाई अस्थायी रूपमा आगामी आदेश नआउञ्जेलसम्म बन्द गरिदिएको थियो।
गुवाहाटी-उत्तर गुवाहाटीबीच गत एक जूनदेखि फेरी सेवालाई बन्द गरिएको थियो। अन्तर्देशीय जल परिवहन विभाग अनुसार गुवाहाटी-उत्तर गुवाहाटीका तीनवटा घाटहरूबाट अब फेरी सेवाको परिचालन शुरू भएको छ। मध्य खण्डको घाटबाट फेरी सेवा राजादुआरबाट संचालन हुनेछ।फेरी सेवा आरम्भ भए गुवाहाटी-उत्तर गुवाहाटीबीच मानिसहरूलाई ओहोर-दोहोर गर्न सहज हुनेछ। फेरी सेवा बन्द भएको कारणले मानिसहरूलाई लामो बाटो तय गर्नुपर्थ्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा