कोलकातामा चढ़्यो गर्मीको पारा, मनसुनको लामो पर्खाई, मौसम विभागद्वारा चिन्ता व्यक्त
कोलकातामा चढ़्यो गर्मीको पारा, मनसुनको लामो पर्खाई, मौसम विभागद्वारा चिन्ता व्यक्त


कोलकाता, 8 जून (हि.स.)। अहिलेघरि दक्षिण बंगाल प्रचण्ड गर्मीको कारणले पिल्सिरहेको छ। भारतीय मौसम विभागले अलर्ट जारी गर्दै भनेको छ, आगामी दुई दिनमा तापमान अझ बढ़्नसक्छ। तटीय एवं यस संलग्न जिल्लाहरूमा तातो हावा सहित हावामा नमीको अधिक मात्राले मानिसहरूलाई अझ सताइरहेको छ। यता पश्चिम बंगालका पश्चिमी जिल्लाहरूमा भने शुष्क मौसम कायम छ।

यसपालि मनसुनको गति मन्द छ। मौसम विशेषज्ञहरूले बताए मुताविक दक्षिण बंगालमा मनसुनको निम्ति अहिलेसम्म अनुकूल परिस्थिति बन्न सकेको छैन। फलस्वरूप मौसमी हावा उत्तर बंगालमै रोकिएको छ। त्यसैले दक्षिण बंगालका जिल्लाहरू जस्तै कोलकाता, हावड़ा, हुगली, बाँकुड़ा, पुरुलिया, बीरभूम र मुर्शिदाबादमा वर्षा हुने सम्भावना न्यून छ।

उत्तर बंगालका कतिपय भागहरूमा विशेष दार्जीलिङ अनि यस वरपरका हिमाली क्षेत्रहरूमा आगामी केही दिनम मेघ गर्जन सहित हल्का वर्षा हुनसक्छ। तथापि दक्षिम बंगालमा सोमवारदेखि केही स्थानहरूमा बिजुली चम्किनको साथै हल्का वर्षा हुने सम्भावना छ। मौसम विभागले स्पष्ट पारेको छ, आगामी 12 जूनसम्म राज्यभरि नै वर्षा हुने कुनै सम्भावना छैन।

आइतवार कोलकातामा न्यूनतम तापमान 30.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 01 डिग्री अधिक हो भने गत शुक्रवार अधिकतम तापमान 33.7 डिग्री रह्यो जुन सामान्यभन्दा केही कम हो। हावामा आद्रताको स्तर 65 प्रतिशतदेखि 94 प्रतिशतबीच रह्यो जसबाट गर्मी झन् बढ़ी असहनीय भयो।

आागामी 24 घण्टामा कोलकाताको तापमान 28-देखि 35 डिग्री सेल्सियसबीच रहनसक्छ। गर्मी सहित आद्रता पनि कायम रहनेछ जसबाट मानिसहरूलाई झन् समस्या हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande