धुबड़ी (असम), 8 जून (हि.स.)। गोलकगञ्जको नालिया चौकी अन्तर्गत केदार क्षेत्रमा अवस्थित एक सय वर्ष पुरानो हरिमन्दिरमा गए राति सुनियोजित ढंगमा गाईको मासु राखिएको आशंकाले गर्दा क्षेत्रको स्थिति तनाउपूर्ण भएको छ।
स्थानीय मानिसहरूको आरोप छ, यो एक सुनियोजित षड़यन्त्र थियो। घटना बारे जानकारी पाउनसाथ अखिल असम कोच राजवंशी छात्र संघ (आक्रासू) औ बजरंग दलका कार्यकर्ताहरूले नालिया पुलिस चौकीलाई घेराउ गरेर व्यापक विरोध प्रदर्शन गरे। यसले गर्दा झन् तनाउ बढ़्यो।
मन्दिर समितिका अध्यक्ष एवं सचिवले मामिलाको निष्पक्ष जाँच गर्ने माग गर्दै नालिया पुलिस चौकीमा एफआईआर दर्ता गराएका छन्। घटनाको सूचना पाउनसाथ गोलकगञ्जका अतिरिक्त पुलिस अधीक्षक तथा थाना प्रभारीले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गरे।
पुलिसको भनाइ छ, मामिलाको गम्भीरतालाई मध्यनजर गर्दै जाँच शुरू गरिएको छ। दोषीहरू विरूद्ध कड़ा कारबाही गरिनेछ। क्षेत्रमा सतर्कता स्वरूप सुरक्षाको घेरालाई बढ़ाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा