दुई कुख्यात अपराधी पुलिसको कब्जामा
दुई कुख्यात अपराधी पुलिसको कब्जामा


गुवाहाटी, 08 जून (हि.स.)। गुवाहाटी महानगरको वशिष्ठ पुलिसले दुई कुख्यात अपराधीहरूलाई पक्राउ गरेको छ। पुलिसले आइतवार बतायो, ग्वालपाड़ा पुलिसको सहयोगमा संचालित अभियान अवधि वाहन चोरीको मामिलामा सामेल दुईजना अपराधीहरूलाई पक्राउ गरिएको छ।

पक्रा पर्ने आरोपीहरूको पहिचान नूर आलम उपनाम राहुल उपनाम बोरा (32, असम) अनि हिल्समार्ट संगमा (21, मेघालय)- को रूपमा गरिएको छ। पुलिसले यस सिलसिलामा एक प्राथमिकी दर्ता गरी दुवै वाहन चोरहरूसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande