कछुवा तस्करीको आरोपमा दुई तस्कर पक्राउ
कछुवा तस्करीको आरोपमा दुई तस्कर पक्राउ


सिलगढ़ी, 08 जून (हि. स.)। बेलाकोबा चौकीकोपुलिसले कछुवा तस्करीको आरोपमा दुईजना तस्करहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने तस्करहरूमा नीलकान्ता राय (35)र दिलीप उराँव (33) सामेल छन् भने दुवै जलपाईगुड़ी कोतवाली थाना अधिनस्थ सांगीपाड़ा क्षेत्रका निवासी हुन्।तस्करहरूको कब्जाबाट तीनवटा कछुवा पनि जफ्त गरिएको छ।

पुलिस सूत्रअनुसारगुप्त सूचनाकोआधारमाबेलाकोबा चौकीकाओसी अभिजीत कुण्डुकोनेतृत्वमा आइतवार अपरान्ह राजगञ्ज ब्लकको शिकारपुर चिया बगान संलग्न क्षेत्रमा अभियान संचालन गरियो। यस अवधि दुईजना मानिसहरूलाई संदिग्ध अवस्थामा समातियो। दुवैको जाँच गर्दा उनीहरूबाट कछुवा जफ्त गरियो। त्यसपछि दुवैलाई पक्राउ गरियो।

जफ्त गरिएका तीनवटा कछुवाहरूको वजन लगभग 33 किलोग्राम रहेको छ। कछुवालाई बिहारदेखि सिलगढ़ीको बाटो भएर बेलाकोबमा ल्याइएको थियो। तस्करहरूलाई कछुवासितै बेलाकोबा वन विभागलाई सुम्पिइएको छ।

---------------

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande