सिलगढ़ी, 08 जून (हि. स.)। एनजेपी थानाको पुलिसले घरमा चोरी गरेको आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने युवकको पहिचान फुलबाड़ी एक नम्बर ग्राम पञ्चायतको कामरांगागुड़ी क्षेत्र निवासी जाहिदुल अलीको रूपमा भएको छ।
पुलिस सूत्र अनुसार केही दिनअघि पोड़ाझार क्षेत्र निवासी दीपाली घोषको घरमा चोरी भएको थियो। घरबाट सुनको गहना र नगद चोरी गरिएको थियो।यस सन्दर्भमा दीपालीले एनजेपी थानामा लिखित सिकायत दर्ता गराएकी थिइन्। घटनाको जाँच गर्ने क्रममा एनजेपी थानाको पुलिसले गए शनिवार अबेर राति चोरीको आरोपमा जाहिदुललाई पक्राउ गऱ्यो। आरोपीको जाँच गर्दा उसको कब्जाबाट चोरेको दश ग्राम सुनको चेन जफत गरियो। आरोपीले सुनको चेनलाई पगालेर बेच्ने चेष्टा गरिरहेको थियो। एनजेपी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा