एक वर्षभन्दा बढी समय काम गरेर पनि सोफिया लेप्चाले तलब नभएको सीएपीको दाबी
एक वर्षभन्दा बढी समय काम गरेर पनि सोफिया लेप्चाले तलब नभएको सीएपीको दाबी


गान्तोक, 08 जून (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले एमजीनरेगा अन्तर्गत एक वर्षभन्दा बढी समय गाउँस्तरमा योजना लेखन, निगरानी र समन्वयमा खटाइएकी सोफिया लेप्चालाई तलब प्रदान नगरिएको दाबी गरेको छ। एउटी ग्रामीण श्रमिकलाई किन तलबको सट्टा मौनताको सास्ती दिइयो भन्दै सीएपी सिक्किमले प्रश्न गरेको छ।

सीएपी सिक्किमले आज जारी एक प्रेस विज्ञप्ति मार्फत सोफिया लेप्चालाई सम्पूर्ण बक्यौता तलब तत्काल राज्यको जिम्मेवारीमा उपलब्ध गराइयोस् भनी माग गरेको छ। सीएपीले यो कुनै दलको फाइदाको कुरा नभएर यो एक सिक्किमेली छोरीको न्यायकको कुरा रहेको बताएको छ।

सीएपीले भनेको छ, बीडीओ, जीआरएस लगायत योजनाको कार्यान्वयनमा लापरवाही देखाउने पदाधिकारीहरूमाथि निष्पक्ष छानबिनसहित अनुशासनात्मक कारबाही गरियोस्। एमजीनरेगा अन्तर्गत श्रमिक पारिश्रमिक वितरण प्रणालीलाई पारदर्शी, डिजिटल र ट्र्याकेबल बनाइयोस्। एक वर्षसम्म तलब नपाउँदा सोफियाले भोगेको आर्थिक, मानसिक, र सामाजिक क्षतिको भरपाई स्वरूप विशेष राहत सहायता प्रदान गरियोस्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande